लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली अस्पतालमा भर्ना

89

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली अस्पतालमा भर्ना

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ । मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की २७ वर्षीया मीना भण्डारी बस्तेत र उनकी छोरीमाथी हातपात गरेपछि प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई प्रहरी हिरासतबाट छुटाएर बुटवल ल्याईएको थियो ।
विमलाकी प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमति मीना र छोरीलाई कुटपित गरेको आरोप लागेकी राज्यमन्त्री वलीलाई मंगलबार राती नै बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालका अनुसार राज्यमन्त्री वलीलाई राती करिव १ बजेको समयमा अस्पतालमा ल्याईएको थियो । ‘उहाँलाई अस्पतालमा ल्याउँदा वेहोसकै स्थिती थियो ।’ डा. ढकालले भन्नुभयो–‘प्रेसर कम थियो, सुगरको मात्रा बढी थियो, स्लाईन दिएर बेसिक जाँच गर्यौँ ।’ उहाँका अनुसार अस्पतालमा उपचाररत राज्यमन्त्री वलीको प्रेसर तलमाथि भईरहेको छ ।