थप उपचारका लागि राजेन्द्र महतोलाई दिल्ली लगियो

336

थप उपचारका लागि राजेन्द्र महतोलाई दिल्ली लगियो

aaaaaaaaaaa

काठमाडौं । मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई थप उपचारका लागि दिल्ली लगिएको छ ।शुक्रबार अपराहृन इण्डियन एयरलाइन्सको विमानबाट उनलाई दिल्ली लगिएको हो । महतोको मेदान्त अपस्तालमा उपचार हुने सद्भावनाका महासचिव मनिष सुमनले जानकारी दिए ।महतोलाई शुक्रबार नै माउन्टेन एयरको हेलिकोप्टरबाट धरानबाट काठमाडौं ल्याइएको थियो ।गत शनिबार विराटनगरको रानी भन्सार नाकामा धर्ना दिने क्रममा भएको झडपमा महतो घाइते भएका थिए । विराटनगरको गोल्डेन गेट अस्पतालमा भर्ना भएका महतोलाई केही दिनपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारियो ।चिकित्सकहरुका अनुसार उनको टोउका, हात र खुट्टामा चोट लागेको छ । यो चोट समान्य छ । तर, उनको रत्तचाप लगायतका पुरानो रोगले च्यापेको छ ।