रुपन्देहीको तिलोत्तमामा वालबालिकालाई कोभिड विरुद्धको फाईजर खोज लगाउन सुरु

113

रुपन्देहीको तिलोत्तमामा वालबालिकालाई कोभिड विरुद्धको फाईजर खोज लगाउन सुरु

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वालबालिकालाई कोभिड–१९ विरुद्धको फाईजर खोप लगाउन सुरु गरिएको छ । तिलोत्तमामा आईबारदेखि ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाईजर खोप लगाउनसुरु गरिएको हो ।
खोप कार्यक्रमको सुरुवात गर्दै तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणले खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन गर्नुभयो । उहाँले विश्वभर फैलिएको कोरोना महामारीबाट वालबालिकालाई जोगाउन खोप महत्वपूर्ण भएकाले कोहीपनि नछुट्नेगरी काम गर्न आग्रह गर्नुभयो ।
सरकारले यहि असार ९ गतेदेखि २७ जिल्लामा ५ देखि ११ वर्ष उमेर सुमहका वालबालिकालाई पहिलो मात्रा खोप अभियान सञ्चालन गरेको छ । त्यस्तै साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको छ ।