तस्करी र कालोबजारीको साक्षी सरकार बन्यो -केसी

531

तस्करी र कालोबजारीको साक्षी सरकार बन्यो -केसी

aa

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले सरकारको कमजोरीका कारण राष्ट्रिय अर्थतन्त्र तस्कर अर्थतन्त्रको रुपमा मौलाएको बताएका छन् ।

आज बिहान बुटवलमा प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले तस्करी र कालोबजारी रोक्नुको सट्टा प्रश्रय दिइरहेको आरोप लगाए ।

उनले सरकारले जनताका समस्या समाधानका लागि जिम्मेवारीबोध गर्नुको सट्टा तथाकथित राष्ट्रवादका नाममा प्रतिपक्षीमाथि प्रहार गर्न समय खर्चिएको बताए ।

सय दिनसम्म सरकारले आफ्नो कमजोर कार्यशैली देखाएको भन्दै उनले सदन र सडकबाट जनताका समस्या सुल्झाउन सरकारलाई दबाब दिने बताए ।

कांग्रेस संस्थागत भन्दापनि ब्याक्तिमुखि बनेको भन्दै उनले यसलाइ महाधिबेशनले चिर्ने बताए । ‘अब अंशले कोहि नेता भइदैन,योग्यता,क्षमता त्याग र क्रियाशिलता चाहिन्छ’–उनले भने ।
महाधिबेशनमा बाद प्रतिबाद र संबाद र प्रतिस्प्रर्धाबाट नै नया नेतृत्व चयन हुने र यो लोकतान्त्रीक बिधि भएको उनले प्रष्ट पारे ।उनले केहि पदहरुमा कांग्रेसको पराजय पछि यतिबेला केहि कांग्रेसीजनहरु कांग्रेसको स्थान खै भनेर आत्तिएको भन्दै नआत्तीन आग्रह गरे । बिपक्षीहरुलाइ केसीले कांग्रेस सिध्यियो भनेर पनि नमात्तिन आग्रह गरे ।

नेता केसीले कांग्रेस जहिलेपनि हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने गरेको भन्दै अब ठिक समयमा निर्णय र ठिक समयमै काम गर्ने उल्लेख गरे । आपफूले अहिलेसम्म कुनै पदमा दाबि नगरेको उनले प्रष्ट पारे ।  उनले साथिहरुसंग छलफल गरेर टुंगाउने पनि बताए ।कार्यक्रम युनियनका सभापति विक्रम खड्काको सभापतित्व र सचिव कविन्द्र नेपालको सन्चालनमा भएको थियो ।