फार्मेसी संघद्वारा लक्ष्मीनगरको पहिरोमा बृक्षरोपण

230

फार्मेसी संघद्वारा लक्ष्मीनगरको पहिरोमा बृक्षरोपण

नेपाल फार्मेसी संघ रुपन्देहीले बुटवल उपमहानगरपालिकाको लक्ष्मीनगर पहिरोग्रस्त क्षेत्रमा बृक्षरोपण गरिएको छ । फार्मेसी संघले लक्ष्मीनगर पहिरो रोकथाम तथा बस्ती संरक्षणको लागि बुधबार एक कार्यक्रमका बिच त्यस क्षेत्रमा बृक्षरोपण गरिएको हो ।
कार्यक्रममा संघले लक्ष्मीनगर टोल विकास संस्था तथा कञ्चन टोल विकास संस्थालाई संयुक्त रुपमा बाँस तथा तेजपत्ताका विरुवा प्रदान गरिएको र टोलबिकास संस्थाले त्यहाँको योजना अनुसार बृक्षरोपण गरेको फार्मेसी संघ रुपन्देहीका अध्यक्ष गणेशप्रसाद सेढाईले जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले बुटवल तिनाउ नदि र चुरेको दोहोरो जोखिममा परेकाले त्यसको संरक्षणका लागि बृक्षरोपण गरेर राम्रो काम गरेको भन्दै आभार व्यक्त गर्नुभयो । उहाँले पहिरो नियन्त्रण र बस्ती संरक्षणमा संस्थाले गरेको प्रयास स्रहानीय रहेको भनाई राख्नुभयो ।

फार्मेसी संघले टोल बिकास संस्थालाई बाँसका ३० र तेजपत्ताका ३० गरी ६० वटा विरुवा हस्तान्तरण गरिएको संस्थाका महासचिव उदयबहादुर खत्रीले जानकारी दिनुभयो । त्यस अवसरमा नेपाल फार्मेसी संघका केन्द्रीय उपाध्यक्ष किरण ढकालले संस्थाले सामाजिक उत्तरदायित्व बहन गरी बस्तीको संरक्षण पनि हुने र पहिरो नियन्त्रण पनि गर्न सकिने भएकाले बृक्षरोपण गरिएको बताउनु भयो । उहाँले ‘जहाँ औषधी, त्यहाँ फर्मासिष्ट’ भन्ने सरकारको नीतिलाई नगरपालिकाले पनि कार्यान्वयन गर्न अनुरोध गर्नुभयो ।
लक्ष्मीनगर टोल विकास संस्था (क) की अध्यक्ष गंगा पन्थी, (ग)की अध्यक्ष लक्ष्मी मल्ल तथा कञ्चल टोल विकास संस्थाकी अध्यक्ष राधिका शाही, लक्ष्मी पार्कका अध्यक्ष बाबुराम ढकालले बस्ती संरक्षणको लागि पहिरो नियन्त्रण गर्न बृक्षरोपण गरेर राम्रो काम गरेको भन्दै संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम संघकी कार्यसमिति सदस्य सुभेक्षा गौतमको संयोजनमा भएको थियो ।