जंगली च्याउ खाएर बुटवलमा एकै परिवारका ६ जना विरामी : पाँच जनाकाे अवस्था गम्भीर

277

जंगली च्याउ खाएर बुटवलमा एकै परिवारका ६ जना विरामी : पाँच जनाकाे अवस्था गम्भीर

बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् । त्यसमध्ये ५ जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
जंगली च्याउ खाएर बिरामी परेका उनीहरुकाे अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।
जंगलबाट च्याउ ल्याएर खाएका २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षकी सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक र ३३ वर्षीया दुर्गा विक वेहाेस हुनुकाे साथै अवस्था गम्भीर रहेकाे उस्पताललाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनु भयाे । त्यस्तै ५० वर्षीय हुमबहादुर बिककाे अवस्था मध्येम छ ।
याे घटना बुधबार साँझ करिव साढे ५ बजेकाे हाे । जंगली च्याउ खाएर बिरामी परेका उनीहरुलाई पाैने ९ बजेकाे समयमा आफन्तले अस्पताल पुर्याएका थिए ।