गोविन्द केसी /
स्वास्थ्यको साहित्यिक अर्थ शारीरिक र मानसिक रुपमा फिटको स्थिति हो । स्वास्थ्यलाई विकासको अर्को महत्वपूर्ण पूर्वाधार मानिन्छ । शिक्षित मानिसहरु पनि अध्ययन र काम गर्न र खुसी हुन को लागि स्वास्थ्य हुनु आवश्यक छ ।एक स्वास्थ्य शरीरमा एक स्वास्थ्य दिमाग एक खुशी जीवन को अर्थ आदर्श वाक्य हुनुपर्दछ ।यो साँचो हो कि एक मात्र मन र एक स्वास्थ्य शरीरसँग एक व्यक्ति सोच्न र तर्कसँगत कार्य गर्न सक्दछन् । राम्रो स्वास्थ्य विना शिक्षा अर्थहीन र बेकार छ। स्वास्थ्य मानव शक्तिले मात्र उनीहरूको ज्ञान र रचनात्मक शक्तिको उपयोग गरी देशलाई विकासको बाटोमा लैजान सक्छ।हरेक देशलाई स्वास्थ्य जनशक्ति चाहिन्छ।जनताको स्वास्थ,स्वास्थ सेवाहरूको उपलब्धतामा निर्भर गर्दछ।
निःशुल्क रुपमा स्वास्थ्य सेवा पुर्याउन सक्ने धेरै आधारहरू छन् किनभने नेपाल एउटा स्रोतसाधनले भरिएको र सबै किसिमले सबै सुविधाहरु उपयुक्त भएको देश मध्ये पर्दछ । नेपालको स्वास्थ्य सेवा निःशुल्करुपमा पुर्याउनको लागि केही व्यवस्थापन गर्न सकियो भने हामीले नेपालभित्रका नागरिकलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा पुर्याउन सक्दछौं । नेपाल सरकारले स्वास्थ्य नीतिमा केही परिवर्तन गरेर नेपालीलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा पुर्याउने आधारहरु प्रशस्तै भेटिन्छ । जस्तै नेपालले स्वास्थ्य नीतिमा प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा अनिबार्य रुपमा गराउनुपर्ने नीतिसंग जोडेर हस्पिटलहरु सञ्चालन गर्न सकिन्छ ।
स्वास्थ्य बिमाको महत्त्व आवश्यकता र औचित्य बारे नेपाली नागरिकहरूलाई सचेत गराएर उनीहरूलाई स्वास्थ्य बिमा कीन आवश्यक छ ? केका लागि आवश्यक छ ? कसका लागि आवश्यक छ ? स्वास्थ्य बीमा मार्फत स्वास्थ्य सेवालाई निःशुल्क कसरी गराउन सकिन्छ ? स्वास्थ्य बीमा बनाउँदा खेरी फाइदाहरु के-के छन्? यसले नेपालीको आर्थिक भारलाई कसरी कम गर्दछ ? स्वास्थ्य बीमा मार्फत स्वास्थ्य सेवालाई क्यासलेस सर्भिसको रुपमा कसरी स्थापित गर्न सकिन्छ ? स्वास्थ्य बीमाको बारेमा यसको व्यापक रुपमा जनचेतना आवश्यक पर्दछ । सरकारले स्वास्थ्य नीतिमा नै परिवर्तन गरेर कुनैपनि सरकारी कारोवार गर्दाखेरि स्वास्थ्य बीमा अनिवार्य रुपमा आवश्यक पर्ने नीति अवलम्बन गर्न सक्दछ । जस्तै हामीले सवारी साधन किन्दा , सवारीसाधनको अनिवार्यरुपमा बिमा गर्दछौं भने त्यस्तै हामीले अब सवारीसाधन किन्दा कुनै सरकारी कारोबार गर्दा ,सरकारी सेवा सुविधा लिदा , स्वस्थ्य बीमालाई अनिवार्यरुपमा गराउन सकियो भने जनता यसबाट धेरै नै लाभान्वित हुनेछन् । नागरिकलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा पुर्याउन सक्दछौं ।
Covid 19 अवस्थापछि देशको सबभन्दा ठूलो लगानी स्वास्थ्यमा हुनुपर्ने आज देखिन्छ । नागरिकको रुपले पनि स्वास्थ्यमा ठूलो लगानी होस्, देशमा कुनै पनि किसिमको स्वास्थ्य संकट आउदा खेरि नेपालका नागरिकहरूलाई सहज तरिकाले स्वास्थ्य सेवा पुर्याउन सकियोस् भन्ने खालको स्वास्थ्य सेवा चाहन्छन् । त्यसकारणले हामीले अब स्वास्थ्य क्षेत्रलाई केही रचनात्मक तरिकाले सोचेर यसको विकास गर्नुपर्दछ स्वास्थ्य संकटको बेलामा हामीले हाम्रा नागरिकहरूको जीवनरक्षाका लागि स्वास्थ्य सेवा पुर्याउनु पर्ने आज को आबश्यकता देखिन्छ ।
नागरिकहरूलाई निःशुल्करुपमा स्वास्थ सेवा पुर्याउनका लागि नेपाल सरकारले नेपाल सरकारको स्वामित्वमा भएका hospital हरुलाई smart तरिकाले cashless तरिकाले चलाउने planning बनाउनुपर्दछ र सातवटै प्रदेशमा public private partnership मोडलमा उच्च स्रोतसाधनले भरिएका हस्पिटलको निर्माण गरी , नेपालभित्रका नागरिकहरूलाई निःशुल्करुपमा स्वास्थ्य सेवा पुर्याउन सक्दछौं । teaching hospital model मा नागरिकहरूलाई सस्तोमा MBBS पढाउन सकिने व्यवस्था मिलाउन सकिन्छ । त्यसको लागि प्रतेक प्रदेशले एउटा स्वास्थे सेवा विभाग गठन गरी hospital project अगाडि बढाउनु पर्दछ । सात प्रदेशमा Teaching Hospital बनाउन सकिन्छ ।
Public private partnership मोडेलमा हस्पिटलको लागि आवश्यक capital Manage निम्न तरिकाबाट गर्न सकिन्छ । जस्तै लुम्बिनी teaching hospital project :-
Particular | types | Amount | No. of investor | Total Amount |
A level shareholder | Personal | RS.15 Lakhs | 5000 | RS.750 Crore |
B level shareholder | Personal | RS.10 Lakhs | 5000 | RS.500 Crore |
C level shareholder | Personal | RS.5 Lakhs | 5000 | RS.250 Crore |
A level Cooperative | corporate | RS.10 Crore | 100 | RS.1000 Crore |
B level co-operatives | corporate | RS.5 Crore | 100 | RS.500 Crore |
C level co-operatives | corporate | RS.1 Crore | 100 | RS.100 Crore |
Sub-metropolitan | Government | RS.15 Crore | 4 | RS.60 Crore |
Municipality | Government | RS.10 Crore | 32 | RS.320 Crore |
Gaunpalika | Government | RS.5 Crore | 72 | RS.360 Crore |
Other’s corporates | corporate | RS.20 Crore | 5 | RS.100 Crore |
Insurance | corporate | RS.50 Crore | 5 | RS.250 Crore |
Pradesh government | Government | RS.100 Crore | 1 | RS.100 Crore |
Central Government | Government | RS.200 Crore | 1 | RS.200 Crore |
Total Capital | RS.4490 Crore |
यो अनुमानित capital mannage हो, यसरी हामीले सातवटै परदेशमा capital manage गर्न सक्दछौं
हस्पिटलको संचालन विधि कस्तो हुनेछ ?
हस्पिटलको सञ्चालन प्रक्रियामा तीनवटा पक्षहरु हुनेछन् । पहिलो पक्ष hospital ,दोस्रो पक्ष लगानीकर्ता, तेस्रो पक्ष इन्सुरेन्स , हस्पिटलमा invest गरेका सबै लगानीकर्ताको परिवारको हेल्थ इन्सुरेन्स गरिनेछ । यदि उनीहरु बिरामी भएमा हस्पिटलले उनीहरूको उपचार गर्नेछ र बिरामीको उपचारमा जतिपनि खर्च लाग्दछ त्यो खर्च hospital व्यवस्थापनले इन्सुरेन्सबाट दाबी गर्दछ । बिरामीको उपचारमा भएको खर्च बिरामीले नतिरेर इन्सुरेन्सले payment दिन्छ । बिरामी को परिवारले एक रुपैयाँ पनि दिनुपर्ने छैन । यसरी सम्पूर्ण नेपालीको health इन्सुरेन्स गरी उनीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ ।
Hospital project मा किन invest गर्ने ? Investor लाई फाइदा के?
Hospital project invest गर्दाखेरि investor लाई निम्नअनुसारको फाइदाहरु हुन्छन् ।
· परिवारमा कोही पनि बिरामी भए भने तिनीहरूको सम्पूर्ण उपचार hospital ले गर्नेछ यदि हस्पिटलमा उपचार हुन नसकेर बाहिर पठाउनु पर्ने भएमा बिरामीको सम्पुर्ण खर्च हस्पिटलले तिर्ने छ । बिरामीलाई एक रुपैयाँ पनि तिर्नुपर्दैन र हस्पिटलले खर्च इन्सुरेन्स बाट दाबी गर्नेछ यसमा बिरामीको परिवारलाई कुनै किसिमको झन्झट र पैसा व्यवस्थापन गर्नुपर्ने छैन ।
· यदि investor को परिवारबाट कोही IOM मा नाम निकालि MBBS पढ्ने भएमा उसको पढाइको लागि परिवारले कुनै किसिमको आर्थिक बोझ लिनुपर्ने छैन ,त्यही share धितो राखी उसको बच्चाले 15 देखि 20 लाख रुपियाँको खर्च मा MBBS पढ्न पाउनेछ र उसको पढाई सकिएपछि उसले कमाएर आफ्नो loan pament गर्दछ । यो सिस्टमबाट यस टिचिङ हस्पिटलमा लगानी गर्ने लगानीकर्ताले आफ्नो परिवारको स्वास्थ्य र स्वास्थ्य शिक्षामा कुनै किसिमको आर्थिक भार व्यहोर्नुपर्ने छैन ।
· यदि लगानीकर्तासँग तुरुन्तै पैसा छैन भने hospital project जमानी बसी 20 वर्ष को लागि बैंकबाट loan लिई hospital project मा invest गर्न सकिनेछ र प्रत्येक महिना थोरै थोरै enstalment तिर्न सकिनेछ ।
· यदि बैंकको loan चुक्ता गर्नु अगावै परिवारको आर्थिक आर्जन गर्ने सदस्यको मृत्यु भएमा बाँकी रहेको loan amount तिर्नुपर्ने छैन र परिवारका सदस्यले invest गरेको दुइ गुना ( double ) cash banifit पाउनेछन् यसबाट परिवारका सदस्यलाई दोहोरो फाइदा हुनेछ ।
· यदि बिरामीको उपचार hospital मा सम्भव नभएमा बाहिर उपचार खर्च सबै हस्पिटलले तिर्ने छ ।
· यदि bank loan चुक्ता गर्नु अगावै परिवार maa आर्थिक आर्जन गर्ने सदस्य शारीरिकरुपमा असक्षम भएमा उसले बैंक loan चुक्ता गर्नु पर्ने छैन र उसले हस्पिटल बाट पाउने सम्पूर्ण सेवा सुविधाहरु पाउनेछ ।
· वार्षिकरुपमा टिचिङ हस्पिटलले income गरेको बोनस पनि पाउनेछ ।
· पब्लिक लगानीकर्ताहरुले आजीवन कुनै पनि हेल्थ इन्सुरेन्स को लागि अरू पैसा तिर्नुपर्ने छैन । लगानीको catagorise अनुसार उनीहरूको हेल्थ इन्सुरेन्स categories छुट्याइने छ । हस्पिटलले आर्जन गरेको profit बाट हेल्थ इन्सुरेन्स गरिनेछ ।
के सम्पूर्ण नेपालीको स्वास्थ्य बिमा गर्न सम्भव छ ?
पक्कै पनि सम्भव छ निम्न तरिका र विधि हरुबाट सम्पुर्ण नेपालीको स्वास्थ्य बीमा गर्न सकिन्छ यसमा नेपाल सरकारले आफ्नो बीमा नीतिMa केही परिवर्तन गरेर सम्पुर्ण नेपालीको स्वास्थ्य बिमा गर्न सकिन्छ ।
· नेपालीको आएको स्तरअनुसार पहिला उनीहरुलाई 4 catagories मा विभाजन गर्न सकिन्छ उच्च आय भएका,मध्यम आए भएका, निम्नमध्यम आए भएका , निम्न आय भएका अति गरिब fillable गरी स्तर विभाजन गर्न सकिन्छ
· जस्तै कुनैपनि सवारी साधन किन्दा केरी अनिवार्य रूपमा उनीहरूको स्तरअनुसार health insurance अनिवार्य गरेको हुनैपर्ने छ । कुनैपनि sarkhari कारोबार गर्दाखेरि इन्सुरेन्स लाई अनिबार्य गर्न सकिन्छ । जस्तै जग्गाको किनबेच गर्दाखेरि हेल्थ इन्सुरेन्स अनिबार्य गर्न सकिन्छ कुनैपनि व्यापार बिजनेस अथवा company दर्ता गर्दा खेरि हेल्थ इन्सुरेन्स अनिबार्य गर्न सकिन्छ । कुनैपनि व्यापार बिजनेस expansion गर्नको लागि हेल्थ इन्सुरेन्स अनिवार्य गर्नु पर्दछ, नेपालका सरकारी कर्मचारीहरको हेल्थ इन्सुरेन्स अनिबार्य रुपमा गरेको हुनुपर्दछ । नेपालभित्र जतिपनि private insitution छन् उनीहरूको कर्मचारीको अनिवार्यरुपमा हेल्थ इन्सुरेन्स गरेको हुनुपर्दछ । नेपालभित्र जतिपनि commercial vehicle हरु छन् उनीहरूको कर्मचारीहरको अनिवार्य हेल्थ इन्सुरेन्स गरेको हुनु पर्दछ । नेपालभित्र जतिपनि संघसंस्था छन् कर्मचारीहरको अनिबार्य रुपमा हेल्थ इन्सुरेन्स गरेको हुनुपर्दछ । सहकारी अथवा बैङ्कमा खाता खोल्दा अनिवार्यरूपमा हेल्थ इन्सुरेन्स गरेको हुनुपर्दछ । प्राइभेट स्कुलमा पढाउनका लागि अनिवार्यरुपमा हेल्थ इन्सुरेन्स गरेको हुनुपर्दछ । यसरी सम्पुर्ण कारोबारमा इन्सुरेन्स लाई अनिबार्य लागू गर्न सक्यौ भने प्रत्येक नेपालीको हेल्थ इन्सुरेन्स गर्न सक्दछौं ।
· अति निम्नवर्गका परिवारको लागि सरकारले छुट्टै किसिमको बजेटमा व्यवस्थापन गर्नुपर्दछ अहिले सरकारले निम्न वर्गका जसले इन्सुरेन्सको गर्न सक्दैनन् उनीहरूको एक लाख रुपैयाँसम्म बिमा सरकारले निशुल्क गर्दै आएको छ । यो दायरालाई बढाउनको लागि प्रत्येक वडामा निम्नवर्गका व्यक्तिहरूको छनौट गरी उनीहरूको health insurance गर्नकोलागि सरकारले छुट्टै किसिमको बजेट व्यवस्थापन गर्नुपर्दछ ।
· हेल्थ इन्सुरेन्स भनेको खर्च होइन यो हाम्रो सुरक्षा कवज हो । यसले हाम्रो जिउधनको रक्षा गर्दछ हेल्थ इन्सुरेन्स को बारेमा व्यापक रुपमा जनचेतनामुलक कार्यक्रम गर्नुपर्दछ प्रत्येक नागरिकलाई हेल्थ इन्सुरेन्स खर्च नभएर हाम्रो स्वास्थ्यको लागि हाम्रो धन बचतको लागि यो एउटा सुरक्षा कवज हो भन्ने कुराको जानकारी दिलाउन सक्नु पर्दछ । यदि जनताले यसको महत्व र आवश्यकताको बारेमा बुझे भने उनीहरु ले आफै पनि हेल्थ इन्सुरेन्स गर्दछन् । जस्तै हामीले आज सामान्य एउटा सवारीसाधनको त इन्सुरेन्स गर्दछौं भने जिउधनको किन नगर्ने।
प्रस्तावित टिचिङ हस्पिटलको स्वास्थ्य शिक्षा नीति कस्तो हुनेछ ?
प्रस्तावित टिचिङ हस्पिटलको स्वास्थ्य शिक्षा नीति नेपाल सरकारको टिचिङ हस्पिटलको शिक्षा नीति जस्तै गराउन सकिन्छ । किनभने यो public-private partnership मोडलमा सञ्चालित भएको hospital हुनाले पब्लिक लगानीकर्ताका बच्चा बच्चीलाई र गरिबका बच्चाबच्ची ले पनि सस्तोमा एमबिबिएस पढ्न पाउनेगरी हस्पिटलको स्वास्थ्य शिक्षा नीति हामीले विकास गर्न सक्दछौं । हस्पिटलमा नाफाको लागिकेही विदेशी विद्यार्थीको लागि हामीले सीट छुट्याउन सक्दछौं । केही paid सिटहरु पनि हामीले सुरक्षित गर्न सक्दछौं ।
प्रस्तावित टिचिङ हस्पिटलको व्यवस्थापन कस्तो हुनेछ ?
प्रस्तावित teaching hospital ,public-private partnership मोडलमा सञ्चालन हुने भएकाले सबै लगानीकर्ताको प्रतिनिधित्व हुनेगरी Board of director छनोट गर्न सकिनेछ । भने यस को व्यवस्थापन विज्ञहरुले मात्र गर्नेछन् जस्तै नेपालमा संचालित public private partneship मोडलको bank मा विज्ञले व्यवस्थापन गरेजस्तै यसको व्यवस्थापन पनि विशेषज्ञहरु बाट मात्र गरिनेछ ।
(प्रस्तावित टिचिङ हस्पिटलको detail financial analysis, project
analysis कोबारेमा विस्तृत रूपमा हामी अगाडि discuss गर्नेछौं।
तपाईंको सल्ला सुझावको अपेक्षा गरेको छु govindakc.np@gmail.com)