शुद्धोधन गाँउपालिकाले शिक्षा समितिको सदस्य मनपरि चयन गरेको भन्दै प्रधानाध्यापकहरुको विरोध

268

शुद्धोधन गाँउपालिकाले शिक्षा समितिको सदस्य मनपरि चयन गरेको भन्दै प्रधानाध्यापकहरुको विरोध


कपिलबस्तुको शुद्धोधन गाउँपालिकाले शिक्षा समितिको सदस्य मनपरि चयन गरेको भन्दै विरोध जनाएका छन् । मङगलवार गाउँपालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापकहरुको भेलाले सदस्य चयनको विरोध गर्दै सामुहिक हस्ताक्षर गरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत समक्ष निबेदन दिएका छन् । शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७५को परिच्छेद घ अनुसार गाँउपालिका शिक्षा समितिमा सामुदायिक विद्यालयको प्रधानाध्यपाकहरुले बैठकले एक जना छानी प्रधानाध्यापक सदस्य रहने व्यवस्था रहेको छ । तर गाँउपालिकाले नियम विपरित प्रधानाध्यापक सदस्य चयन गरेको हँुदा शुद्दोधन गाँउपालिका भित्रका विद्यालयहरुको प्रधानाध्यापकहरु आपत्ति जनाएका छन् ।
यस्तो अबैधानिक निर्णय खारिज गरि शुद्धोधन गाउँपालिकाको शिक्षा निमावली अनुसार शिक्षा समिति चयन गरियोस भन्दै प्राध्यापकहरुले सामुहिक हस्ताक्षर गरी निवेदन दिएका छन् । हाल शिक्षा समितिमा सदस्यरुको निर्णय र कार्यपालिकाको निर्णय उपलब्ध गराइदिनको लागि शुद्दोधन गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत समक्ष निबेदन पेश गरेको नेपाल राष्ट्रिय नमुना माविको प्रधानाध्यापक लालचन्द्र पाण्डेले जानकारी दिनुभयो ।