बुटवल । जनरल इन्स्योरेन्स कम्पनि नेपाल लिमिटेड र आँधिगंगा यातायात प्रा.लि.समिति बीच बीमा सम्बन्धी कारोवारको समझदारी भएको छ । उक्त सम्झौतापत्रमा प्रथम पक्ष जनरल इन्स्योरेन्स कम्पनि नेपाल लिमिटेड वालिङ शाखा प्रमुख बद्रि पंगेनी र दोस्रो पक्ष आँधिगंगा यातायात प्रा.लि.का अध्यक्ष बसन्त कुमार मल्लले हस्ताक्षर गरेका हुन् ।
केन्द्रिय कार्यालय काठमाण्डौ महानगरपालिका,हात्तिसार स्थित जनरल इन्स्योरेन्स कम्पनि नेपाल लिमिटेडले स्याङ्जाको वालिङ स्थित आँधिगंगा यातायात प्रा.लि समिति बिच आफ्ना समितिमा रहेका सम्पुर्ण गाडि तथा दुर्घटना बीमा लगायत सम्पत्ती तथा सवारीसाधनहरु सहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा जनरल इन्स्योरेन्स कम्पनि नेपाल लिमिटेडले प्रदान गर्ने भनेर सम्झौता भएको वालिङ शाखा प्रम्ख बद्रि पंगेनीले जानकारी दिनु भयो ।
उक्त अवसरमा आँधिगंगा यातायात प्रा.लि.का अध्यक्ष बसन्त कुमार मल्लले नेपालमा ख्याती प्राप्त बीमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनि नेपाल लिमिटेडसँग आफ्नो कार्यालयसँग सम्बन्धित सम्पूर्ण निर्जीवन बीमा गर्ने गरी सम्झौता गर्न पाएकोमा आफूलाई खुशी लागेको बताउनु भयो ।
उक्त अवसरमा वालिङ शाखा प्रमुख बद्री पंगेनीले निर्जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले देशभर सर्व सुलभ तरिकाले ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गरिरहेको र कम्पनीले नयाँ नयाँ बीमा सेवा सुरु गरि सरल बीमा र सहज दावी भुक्तानीमा बिशेष ध्यान दिई रहेको व्यहोरा समेत जानकारी गराउनु भयो । साथै उहाँले सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गर्नु भयो ।