भारती विद्यार्थीको ड्रिम थापर विश्वविद्यालय विद्यार्थी खोज्दै नेपालमा

266

भारती विद्यार्थीको ड्रिम थापर विश्वविद्यालय विद्यार्थी खोज्दै नेपालमा

भारतको ड्रिम ईन्ष्टिच्यूटको रुपमा रहेको थापर विश्वविद्यालय नेपाली विद्यार्थी खोज्दै बुटवल आएको छ । भारतको पञ्जावमा ६५ वर्षे ईतिहास बनाएको थापार विश्वविद्यालय विश्व बजारमा प्रतिस्पर्धी क्षमता भएका दक्ष जनशक्ति उत्पादन गर्दै आएको दावी सहित आफ्नो प्रभाव क्षेत्र विस्तार गर्न बुटवल आईपुगेको हो ।
शुक्रबार साँझ बुटवलमा आयोजना गरिएको कार्यक्रम यस क्षेत्रका शैक्षिक व्यक्तिहरुलाई त्यसको बारेमा जानकारी गराउनुको साथै आफ्ना विद्यार्थीलाई थापरमा बठाउन सिफारिस गरिएको हो ।
त्यस अवसरमा थापरका मार्केटिङ म्यानेजर उद्धवबहादुर थापाले थापर भारतीयहरुको ड्रिम इन्ष्टिच्यूट भएको दावी गर्नुभयो । उहाँले थापरले क्वान्टिटी भन्दा पनि क्वालिटीलाई विशेष ध्यान दिएको बताउनु भयो ।
थापरको बारेमा जानकारी गराउँदै सार्कको लागि मार्केटिङ् म्यानेजर पंगेनीले भारतीयहरुको लागि ड्रिम थापरमा नेपाली विद्यार्थीको लागि पनि राम्रो अवसर बन्न सक्ने बताउनु भयो । उहाँले थापरले क्वालिटिलाई प्राथमिकता दिएकै कारण वार्षिक २ हजार ५ सय भन्दा बढी विद्यार्थी भर्ना नगर्ने पनि जानकारी गराउनु भयो ।
त्यस्तै थापर विश्वविद्यालयको मार्केटिङ काम गरेको फ्लिण्डर्स एजुकेशन नेटवर्कका प्रमुख सुशिल ढकालले पनि भारतमा रहेका विश्वविद्यालयहरु भन्दा थापर राम्रो भएको बताउनु भयो । फ्लिण्डर्स बुटवल शाखाका प्रवन्धक योगेश ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो ।