औषधि तथा बिक्रि प्रतिनिधि संघकाे स्थापना दिवसमा रक्तदान

130

औषधि तथा बिक्रि प्रतिनिधि संघकाे स्थापना दिवसमा रक्तदान

नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ बुटवलले रक्तदान गरेकाे छ । संघकाे ५३ औं स्थापना दिवसकाे अवसरमा आईतबार रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान गरिएकाे हाे ।
त्यस अवसरमा संघका पदाधिकारी, सदस्यहरु तथा सुभेच्छुक समेत गरी ५० जनाले रक्तदान गरेकाे कार्यक्रम संयाेजक संघका उपाध्यक्ष कमल थापाले जानकारी गराउनु भयाे ।

रक्तदान कार्यक्रमकाे उद्घाटन गर्दै संघका केन्द्रीय सदस्य जीवन ज्ञवालीले ट्रेड युनियन मुभमेन्ट संगै सामाजिक उत्तरदायित्व बहन गरेर रक्तदान कार्यक्रम गरेकाेमा जिल्ला शाखालाई धन्यवाद ज्ञापन गर्नुभयाे । उहाँले आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्न आग्रह गर्दै त्यसमा केन्द्रका पूर्ण साथ र सहयाेग रहने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
संघका बुटवल अध्यक्ष भैरवदत्त पन्तकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चाैहान क्षेत्रीले नियमित रक्तदान गर्ने परम्पराले रगतकाे अभाव अन्त्य हुने बताउदै नियमित रक्तदान गर्ने परम्परा स्थापित गर्न आग्रह गर्नुभयाे ।
त्यस अवसरमा निवर्तमान अध्यक्ष तथा सल्लाहकार विष्णु ढकाल, केन्द्रीय प्रतिनिधि रञ्जन गुप्ता, वरिष्ठ उपाध्यक्ष राजबन्धु लामिछाने, सचिव बिमल ज्ञवाली लगायतले भनाई राख्नुभयाे ।