जनस्वास्थ्य, फार्मेसी र फर्मासिस्ट : एक दर्पण

366

जनस्वास्थ्य, फार्मेसी र फर्मासिस्ट : एक दर्पण

फा. रोसन ज्ञवाली /

जान हे त्यो जाहान हे, बर्ना सब बिरान हे ………… !
साच्चिकै नै स्वास्थ्य मानब जीवनको अमुल्य सम्पत्ति हो, सोही मानब स्वास्थ्यलाई स्वस्थ राख्ने, स्वस्थ राख्नमा अतुलनीय भुमिका स्वास्थ्यकर्मीको रहन्छ, चाहे कुनै रोग लाग्न नदिनुमा होस या कुनै रोग लागिसकेपछी त्यसलाई निर्मुल पारी पुनः स्वस्थ बनाउनमा होस । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) को तथ्यांक अनुसार बिश्वमा औषधी नपाएर मर्ने बिरामीको संख्या भन्दा औषधीको उचित र बिवेकपुर्ण प्रयोग नहुनाले मर्ने बिरामीको सङ्ख्या धरै छ । औषधीको उचित वा बिवेकपुर्ण प्रयोग भन्नाले सही बिरामीलाई सही समयमा सही मात्रामा सही मार्ग (मुख, छाला, नसा) बाट प्रयोग गर्नुलाई औषधीको उचित र बिवेकपुर्ण प्रयोग भनिन्छ । तर औषधीको मनलाग्दी बिक्रि–बितरण तथा प्रयोग र त्यसको सम्भावित असरबारे प्रयाप्त जनचेतना नहुदा पनि हाम्रो देशमा औषधी जस्तो संबेदनशिल कुरामा पनि त्यती ध्यान दिइएको पाइदैन ।
बर्तमान समयको परिदृश्यमा औषधी बिना मानब जिबनको परिकल्पना पनि गर्न सकिदैन, किनकि मानब जिबन–चक्रमा बच्चा देखि बृद्धाबस्थासम्ममा कुनै न कुनै रोगको बिरुद्ध बचाव, निदान, उपचार वा रोकथामका लागि औषधीको प्रयोग गरिराखेका हुन्छौ । त्यसैले हामिले सेवन गर्ने औषधी प्रती सजक हुन एकदमै जरुरी छ ।

औषधी र स्वास्थकर्मी बिचको अन्तर–सम्बन्ध :-

सायद औषधी नहुदो हो त, आजको मेडिकल साइन्सले सम्भव गराएको जटिल मुटुकको शल्यक्रिया, मृगौला प्रत्यारोपण, डाइलाइसिस, आँखा, नाख कान, घाटी, पेट रोगका शल्यक्रिया, क्यानसर उपचार, एच.आई.भी संक्रमित आमाबाट एच.आई.भी मुक्त स्बस्थ बच्चाको जन्म सायदै संभव थिएन ।
स्वास्थ, स्वास्थकर्मी अनि औषधि एक अर्काका परिपुरक हुन्, जसको जसको संम्बन्ध नङ–मासुको जस्तो रहन्छ किनकी औषधी बिना स्वास्थकर्मी अधुरा र स्वास्थ्यकर्मी बिना औषधी अधुरा रहन्छन्, स्वास्थकर्मी आफैमा भगवान होइनन् तर रोग वा लक्षणको सही चेक जाच र पहिचान गरी, सही बिरामीलाई सही औषधी सही मात्रामा सही तरिकाले दिई रोगको निदान गरी जिबन रक्षा गर्ने हुनाले स्वास्थकर्मीहरु भगवानरुपी बरदान अवस्य हुन् ।
कुनै स्वास्थ समस्या, जटिलता अथवा कुनै रोग लाग्नु पुर्व बिशेष किसिमका साबधानी अपनाउन सकिन्छ, तर लागिसके पश्चात निको हुन भने औषधीको प्रयोग अनिर्बाय हुन्छ, जसले गर्दा औषधी र स्वास्थकर्मीको औचित्य एक आपसमा परनिर्भर रहन्छ ।

मेडिकल साइन्स र फार्मेसी :-

फार्मेसी, मेडिकल बिज्ञानको एक महत्वपुर्ण बहुआयामिक शाखा हो, जसमा औषधी बिकास र उत्पादन, उत्पत्ती प्रक्रियाको रसायनिक बिज्ञानको अध्यन साथै औषधी प्रयोगको साइडइफेक्ट लाई न्युन गरी, औषधी लाई रोग बिरुद्ध असरदार बनाई औषधीको बिबेकपुर्ण तयारी, भन्डारण, बितरण र सुरक्षित प्रयोग गरी रोग अथवा लक्ष्यणको रोकथाम, निदान तथा उपचारको सुनिश्चितता गर्दछ ।

नेपाली समाजमा, फर्मासिस्ट बारे भ्रम र यर्थाथ :-

बिकसित राष्ट्रमा जस्तो जनचेतनाको कमीले गर्दा वा सर्बसाधारण जनतामा स्वास्थ शिक्षाको कमीले गर्दा साथ–साथै हाम्रो देशको स्वास्थ्य प्रणालीको कमजोर स्तरका कारणले गर्दा पनि हाम्रो समाजमा फर्मासिस्टहरु स्वास्थकर्मी होइनन् र उनीहरुको पढाई स्वास्थ्य सम्बन्धी हुदैन, उनीहरुमा कुनै पनि किसिमका रोग वा लक्षण र उपचार संम्बन्धि कुनै जानकारी वा ज्ञान हुदैन । फर्मासिस्टहरु क्यामिस्ट र कम्पाउन्डर मात्र हुन र उनीहरुको काम खाली औषधी दिने मात्र हो, आदी जस्ता मानसिकताका वरीपरी प्रर्याप्त भ्रमहरु हाम्रो समाजको मानसपटलमा पाईन्छ ।
तर यर्थाथको धरातलबाट हेर्ने हो भने, फर्मासिस्टहरु मेडिकल साइन्स अन्र्तरगतको फार्मेसी बिषय अध्यन गरेका स्वास्थकर्मी हुन, जसलाई औषधीको सही प्रयोग, औषधीलाई जोगाइराख्ने ज्ञान साथै सुलभ र सुरक्षित तरीकाबाट औषधीको उपलब्धताको ज्ञान हुन्छ, सोही कारणले गर्दा फर्मासीस्टलाई “औषधीको बिज्ञ” पनि भनिन्छ । जसले बिरामीलाई औषधीको बिबेकपुर्ण र सही प्रयोग बारे जानकारी तथा परार्मश दिनुका साथै औषधीको सम्भावित प्रतिकुल प्रभाब र साइड–इफेक्ट बारे जानकारी दिन्छन । साथै डक्टर र अन्य बिशेषज्ञ वा स्वास्थ्यकर्मी (आँखा, कान, दाँत, पेट, मृगौला रोग बिशेषज्ञ)हरुलाई औषधी प्रेस्कृपसन (औषधी पुर्जा) लेख्नमा पनि सहायता गर्दछन् । छोटकरीमा बुझनुपर्दा फर्मासिस्टहरुले नयाँ औषधीको उत्पती र उत्पादन देखी औषधीको सेबन पश्चात हुने असर र प्रभावसम्मको दौरानमा आफ्नो भुमिका निर्भाह गर्दछन् ।

स्वस्थ सेवाग्राही अथवा बिरामीहरुले फर्मासिस्टसँग सेवा किन लिने त ?

र्फमासिस्टहरुको जनस्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ठुलो भुमिका रहन्छ, जसमा औषधी पत्ता लगाउने रिसर्च देखी लियर औषधी तयार भईसकेपछि सुरक्षित भण्डारण, बिक्रि वितरण साथै सुरक्षित र बिवेकपुर्ण औषधीको प्रयोगमा निकै नै महत्वपुर्ण भुमिका रहन्छ । जसमध्येका मुख्य भुमिका र सर्वसाधारणले बोलिचालिको भाषामा बभ्ने कारणहरु निम्न बमोजिमका रहेका छन ।
 स्बास्थ समस्या तथा औषधी बारे जिज्ञासा मेटाउनका लागि ।
 औषधीको सुरक्षित प्रयोग र सेबन बारे जानकारी लिन ।
 औषधीको प्रतिकुल असर र साइडइफेक्ट बारे जानकारी लिन ।
 कुनै रोग वा शारीरिक समस्या बारे परामर्स लिन ।
 सामान्य हेल्थ चेक–जाँच वा चेक अपका लागि ।
 भ्याक्सिनेसनका लागि ।
 अनावश्यक औषधीलाई सुरक्षित तरिकाबाट नस्ट गर्न ।

स्मरण रहोस फर्मासिस्टले बिरामी अथवा स्वास्थ्य सेवाग्राहीका स्वास्थ्य सम्बन्धि जानकारीको गोपनीयता र विश्वसनीयता कायम गरी राख्ने गर्दछन् ।

नेपाल राष्ट्र र नेपाली समाजमा फार्मेसी र यसका आयामहरुको महत्व :-

१. अर्थतन्त्र :
व्यापारका हिसाबले बिश्व अर्थतन्त्रको दोस्रो स्थानमा व्यापार गरीराखेको क्षेत्र हो फार्मेसी, दिनानुदिन औषधिको बढ्दो माग र आबश्यकतालाई गम्भिर रुपले अध्ययन गरी फार्मेसी पेशालाई बिकासका साथै व्यवस्थित गर्न सक्यो भने जनताको कर भुक्तान बापत उठेको सरकारी अर्बौ रकम औषधी खरीदका निक्ति दास्रो मुलुकमा बाहिरीनु पर्दैन र सो रकमलाई अन्य बिकासका क्षेत्रमा लगानी गर्न सकिन्छ ।

२.जीवन/आयु :

स्वास्थकर्मी अथवा डाक्टरहरुले बिरामीलाई जीवन दिन्छन भने, फार्मेसी वा फर्मासिस्टहरुले औषधीलाई जीवन प्रदान गर्दछन् ।

३. आशा :

विश्बको आशा र भरोसा, किनकि जतिसुकै जटिल रोगहरु जस्तै क्यानसर, एच.आई.भी.एड्स, बि.पी, सुगर, मृगौलाको रोग, हृदयघात जस्ता रोगबाट पनि औषधीको साहाराले दीर्घायु हुन सकिन्छ भन्ने कुरामा आशाबादी बनाउछ ।

४. बिश्वास :

औषधीको विकाश र उत्पादनमा अपनाइने गुणस्तर नीतिले गर्दा, पुरा बिश्वले बिश्वस्तताका साथ सानो औषधीको गोलीले पनि ठुलो भन्दा ठुलो रोगको उपचार गर्छ भन्नेमा बिश्वस्त गराउछ ।

५. सधैभरी :

फार्मेसी र फार्मेसिस्टको भुमिका जनस्वास्थ्यमा कहिल्यै पनि अन्त्य नहुने एक अनन्त प्रकृया हो । किनकी बिश्वको जुनसुकै कुना पनि औषधि भनेको गास, बास, कपाास जस्तै आवश्यकताको रुपमा रही आएको छ । र सधैभरी अटुट रुपमा जनस्वास्स्थ्यमा अमुल्य भुमिका निर्भाह गर्ने छ ।

नेपाली समाजमा औषधीको बिकास र उत्पादन बारे भ्रम र यर्थाथहरु :-

औषधीको धुलो ड्रम वा प्लास्टिकमा आउछ जसलाई औषधी उधोगहरुले घोल–घाल गरी प्याक गरी, स्टीकर लागाई, पैसाको ट्याग लगाई बजारमा बेचिन्छ र औषधी उधोग र व्यापारीहरुले मनग्य धन आर्जन गर्दछन् । औषधीको उत्पादन सामान्य तरिकाबाट बिस्कुट, चाउचाउ जस्तै उत्पादन गर्न सकिन्छ जस्ता भ्रमले नेपाली समाजको मानसिकतामा डेरा जमाएको पाइन्छ ।
जनचेतनाको कमीले गर्दा यस्ता निराधार भ्रमहरु जनमानसमा पाईनु स्वाभाविक नै मान्न सकिन्छ, तर औषधीको उत्पादन आफैमा एक जटिल प्रकृया हो । किनकी औषधि उत्पादन गर्ने वातावरण र परिषरलाई मापडण्ड अनुसार गुणस्तरीय राख्नु पर्ने हुन्छ । औषधी उत्पादन क्षेत्र भित्रको हावा, पानी र चाँप साथ–साथै उत्पादन क्षेत्रलाई सुक्ष्म जिबाणुबाट बचाउनु आफैमा एकदमै चुनौतीको कुरा हो । औषधी उत्पादन प्रकृयामा विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.)को गुणस्तरीय पद्धतीका अनुसार बनाइन्छ । जसले गर्दा औषधीको गुणस्तर कायम रहन्छ, जसको हरेक उत्पादन प्रकृया गुणस्तर चेक–जाच गरेर मात्र अर्को प्रकृया अगाडी बढाइन्छ । साथ–साथै गुणस्तर कायम राख्नका निमित्त इन प्रोसेस क्वालिटी कन्ट्रोल, क्यालिब्रेसन, भ्यालिडेसन, जि.एम.पि, जि.डि.पि, जि.एल.पि, क्वालिटी कन्ट्रोल, क्वालीटी एस्युरेन्स, जस्ता उत्पादन नीतिबाट औषधीलाई उत्पादन गरिन्छ भने गुणस्तर एकरुपताका निमित्त नियमित अडिटका कार्यहरु गरिन्छ, यस्ता अडिटहरु कम्पनी आफैले र सरकारी निकाय औषधि व्यवस्था बिभागबाट गरिन्छ ।
कुनै पनि नयाँ औषधीको बिकासमा लामो समय र थुप्रै धन राशी खर्चिने गर्दछ । यो क्रममा कम्तिमा १२ देखी १४ बर्ष लाग्ने गर्दछ, जसमा फेज वानदेखि फेज फोरसम्मको क्लिनिकल ट्रायल अनिर्वाय पास गर्नु पर्ने हुन्छ । जसमा क्यामिकलको रसायनिक अध्ययन, उत्पत्ति र बिकास प्रक्रिया, शरीर र औषधी बिचको प्रतिक्रिया, सुत्केरी महिलामा पार्ने असर र प्रभाव, गर्भमा बच्चा रहदा आमाले औषधि सेवन गर्दा बच्चामा पर्ने असर वा प्रभाब साथसाथै सम्भावित साइडइफेक्ट, औषधीको सुरक्षित मात्रा, ओभर डोज, औषधी र खानासंग हुने प्रतिक्रिया, कलेजो, मुटु, किड्नी, रक्तसंचार जस्ता संवबेदनशिल अंगमा पार्ने असर जस्ता कुराहरुको विस्तृत अध्यन गरिन्छ ।
आधारभुत सबै अध्यन सकिसकेपछी मात्र सुरुवाती पहिलो करिब ४ बर्षसम्म स्तनधारी जनावरहरु जस्तै मुसा, खरायो, बाँदर जस्ता जनावरहरुमा प्रयोग गरी सूरक्षित पाइएमा मात्रै औषधीको प्रयोग मनिसमा गरिन्छ । जसको पहिलो चरणमा रोगी बिरामीहरुको समुह करीब (१०—१५) जानामा गरिन्छ । अनिमात्र अर्को थोरै मानिसहरुको समुहमा करिब (२०—३०) जानामा गरिन्छ । जसको सफल प्रयोग पश्चात मात्र औषधीको बिकास र उत्पादन प्रकृया अगाडि बढाइन्छ । र नयाँ बिकास गरिएको औषधीको सेबन गरेका बिरामीहरुमा औषधीको प्रभावको सेवन पश्चात पनि अध्यन गरिन्छ र नयाँ औषधीको उत्पादन सुरु गरिन्छ ।

फार्मेसी पेशाको बर्तमान अबस्था, चुनौती तथा समाधानका उपायहरु :-

नेपालमा करिब ४ हजार फर्मासिस्ट र करीब ७ हजार जति सहायक फर्मासिस्ट छन भने ६० वटा जती डिप्लोमा इन फार्मेसी कलेज र ४ वटा विश्विद्यालयका करीब २५ वटा ब्याच्लर इन फार्मेसी पठन पाठन हुने कलेज छन् । त्यस्तै १०८ वटा औषधी कम्पनीहरु नेपालमा छन् ।
यद्यपी फार्मेसी पेशालाई सरकारी निकायबाट उपेक्षा गरियता पनि निजी क्षेत्रबाट भने फार्मेसी पेशाले राष्ट्र र समाजलाई राम्रै टेवा पुर्याएको पाइन्छ । जसमा कम्युनिटी फार्मेसी, हस्पिटल फार्मेसी, औषधी उत्पादन (फर्मास्युटिकल्स), एन.जी.यो र आइ.एन.जी.यो., कलेज तथा विश्वविद्यालयमा अध्यापन, पोलिक्लिनिक सेवा, स्वास्थ्य शिविर र एकदमै न्यून संख्यामा सरकारी क्षेत्रमा कार्यरत छन् । सरकारी निकायबाट स्वास्थ्य क्षेत्रमा फर्मासिस्टको सहभागितालाई लत्याईनु र फर्मासिस्टको उपस्थितीलाई बेवास्था गरिनुका साथै नेपाली समाजमा फार्मेसी पेशाका बारे जनचेतना नहुनुका कारण पनि यो पेशाको अवस्था कमजोर रहेको छ । केही मुख्य आधारभुत चुनौतीहरुलाई बुँदागत रुपमा चित्रण यसरी गरिएको छ ।
 फार्मेसी पेशा र फर्मासिस्ट बारे जनमानसमा जनचेतना नहुनु ।
 अन्य स्वास्थ्यकर्मी वा स्वास्थ्य क्षेत्रसंग परस्पर सहकार्यको कमी ।
 स्वास्थ्य क्षेत्रमा फर्मासिस्टको सहभागिता गराउनुमा राज्य लाचार हुनु ।
 राज्यले जाहाँ औषधी त्याहाँ फर्मासिस्टको नीति अवलम्वन नगर्नु ।
 फार्मेसीका निमित्त सरकारी दरवन्दी नगन्य हुनु ।
 स्वास्थ्य नीति निर्माणमा फर्मासिस्टको पहुँच नहुनु ।

माथी उल्लेखित फार्मेसी पेशाका चुनौतिहरुका कारण नेपाली फर्मासिस्टहरु दिनानुदिन बिदेश पलायन भई, बिदेशी फर्मास्युटिकल्स केयरमा आफ्नो ज्ञान र बिशेषज्ञताको सदुपयोग गरिराखेका छन् । हालको परीदृश्यमा थुप्रै किसिमका चुनौतिका साथ–साथ समाधानका बाटाहरु भयतापनि बर्तमान अवस्थाका समस्यालाई सम्बोधन गर्न निम्न अनुसारका समाधानका उपायहरु अबलम्वन गर्न सकिन्छ ।
 फार्मेसी पेशा र फर्मासिस्टहरुको जनस्वास्थ्यमा महत्वपुर्ण भुमिका बारे जनचेतना फैलाउने ।
 अन्य स्वास्थ्यकर्मीहरुसंगको तालमेलमा जनस्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्ने ।
 राज्य वा सरकारी निकायकै तर्फबाट जाहाँ औषधी त्यहाँ फर्मासिस्टको नीति कार्यन्यनमा ल्याउने ।
 सरकारी औषधी उत्पादन उधोगहरु सञ्चालन गरी अत्यधिक स्रोत, साधन तथा जडिबुटीको उपयोग गर्ने ।
 सरकारी राष्ट्रिय स्तरको रिर्सच सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याउने ।

लेखक विचार र परिचय :

यो लेख तयार पार्नुको मुख्य उदेश्य भनेको फार्मेसी पेशा बारे जानकारीका साथ–साथै जनचेतना फैलाउनका निमित्त तयार गरिएको हो, यस लेख भित्र साभार गरियका जानकारीहरु बिकसित राष्ट्रहरुले साथै विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) स्बास्थ्य नीति अनुसार अवलम्बन गरेका जानकारीहरु समावेश गरिएको छ ।

(लेखक ज्ञवाली हाल एसियन फर्मास्युटीकल्स प्रा.लि, रुपन्देहीमा कार्यरत हुनुहुन्छ ।)