रुपन्देहीको देवदहमा रात्री बस दुर्घटना, ६ जनाको मृत्यु ,पांच जनाको सनाखत

200

रुपन्देहीको देवदहमा रात्री बस दुर्घटना, ६ जनाको मृत्यु ,पांच जनाको सनाखत

aaaaaबुटवल,पुस । रुपन्देहीको देवदहमा गएराती भएको बस दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुशार ना ४ ख ६८४१ नम्बरको बस रुपन्देहीको देवदह नगरपालिका १० घोडाहामा राति करिब १० बजे पल्टिएको थियो ।
दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख महेन्द्र खड्काले बताउनु भयो ।
मृत्यु हुनेहरुमा बर्दियाका कुशल शर्मा, कञ्चनपुरका प्रकाश शाही, रुपन्देहीकी शान्ति दर्जी र जमुना विक तथा बाराका चुरक शाह रहेको छन् ।एक जनाको सनाखत हुन बाँकी रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
घाइतेमध्ये चार जना गम्भीर छन् । उनीहरुको थप उपचारकालागि चितवनको भरतपुर रेफर गरिएको छ भने १२ जना लुम्बिनी अस्पतालमा उपचार भैरहेको छ । बस चितवनबाट पश्चिम नेपालगञ्जतर्फ जार्दै थियो । दुर्घटनाको कारण भने अझै नखुलेको जनाइएको छ । ३६ जना यात्रु सवार उक्त बसका चालक दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।