डेंगुका बिरामीलाई लक्षित गरेर बुटवलमा तरुण दलकाे रक्तदान

132

डेंगुका बिरामीलाई लक्षित गरेर बुटवलमा तरुण दलकाे रक्तदान

डेंगुका विरामीलाई लक्षित गरेर नेपाली काँग्रेसकाे भातृ संगठन नेपाल तरुण दलले बुटवलमा रक्तदान गरेकाे छ । जिल्लामा डेंगुका विरामी बढ्दै गएपछि ती विरामीलाई आवश्यक रगतकाे अभाव हुन नदिन नेपाल तरुण दल बुटवल उपमहानगरपालिका वडा नं. १९ काे वडा समितिले शनिबार बुटवलमा रक्तदान गरेकाे हाे ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलकाे प्राविधिक सहयाेगमा ग्रामिण क्षेत्र वडा नं. १९ मा गरिएकाे कार्यक्रममा युवा तरुण तथा पार्टीका नेता कार्यकर्ता समेत गरि ७१ जनाले रक्तदान गरेकाे नेपाली काँग्रेस वडा सभापति टिकाराम पाण्डेले जानकारी दिनुभयाे ।
उक्त कार्यक्रमलाई सम्वाेधन गर्दै बुटवलका नगरप्रमुख तथा पार्टीका नगर सभापति खेलराज पाण्डेले रक्तदान आफैमा पुण्यकाे काम भएकाे बताउनु भयाे । उहाँले डेंगु नियन्त्रणका लागि नगरपालिकाले काम गरिरहेकाे र विरामीकाे उपचारलाई सहज गराउन रक्तदान गरेकामा धन्यवाद ज्ञापन गर्नुभयाे ।
कार्यक्रम तरुण दलका वडा उपाध्यक्ष रामु श्रेष्ठकाे अध्यक्षतामा भएकाे हाे । रक्तदान कार्यक्रमकाे तयारीकै क्रममा तरुण दलका वडा अध्यक्ष टंक क्षेत्रीलाई डेंगु भएकाे तरुण दलले जनाएकाे छ ।