कक्षा १२ को परीक्षामा रुपन्देहीको तिलोत्तमा सर्वोत्कृष्ट

289

कक्षा १२ को परीक्षामा रुपन्देहीको तिलोत्तमा सर्वोत्कृष्ट

कक्षा १२ को परीक्षामा रुपन्देहीको तिलोत्तमा क्याम्पस सर्वोत्कृष्ट भएको छ । सो क्याम्पसबाट विज्ञान विषयको परीक्षा दिएका विमल न्यौपानेले नेपालमै सबैभन्दा बढी ३.९६ जिपिए ल्याएर नेपाल प्रमथ भएको क्याम्पसले दावी गरेको छ ।
कक्षा १२ को परीक्षामा तिलोत्तमा क्याम्पसबाट ६८५ जना विद्यार्थी सहभागि भएका थिए । त्यसमध्ये ५७७ जना विद्यार्थी पास भएको उपप्राध्यापक नवेन्दु ढकालले जानकारी गराउनु भयो । यो रिजल्ट ८४.३३ प्रतिशत हो । त्यस्तै जिपिए ३.६ भन्दा माथि ल्याउने ३३ जना रहेको उहाँले बताउनु भयो ।
अघिल्लो वर्ष पनि तिलोत्तमा नेपाल प्रथम भएको थियो भने सर्वाधिक छात्रबृत्ति पाउन सफल भएको थियो ।
क्याम्पसका प्राचार्य प्राध्यापक डा. रामचन्द्र आचार्यले दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा तिलोत्तमा नेपालमै उत्कृष्ट अब्बल रहेको बताउनु भयो । दक्ष जनशक्ति उत्पादनमा विज्ञान र व्यवस्थापनमा लुम्बिनी प्रदेशमै उच्च स्थानमा रहेको तिलोत्तमाले काठमाण्डौ उपत्यका भित्रका नामुद क्याम्पसलाई पनि पछि पारेको उहाँले दावी गर्नुभयो ।