माग सम्बोधन नभए राजधानी घेर्ने उपेन्द्रको चेतावनी

273

माग सम्बोधन नभए राजधानी घेर्ने उपेन्द्रको चेतावनी

Upendra-Yadav

बुटवल,पुस ।संघीय समाजवादी फोरम,नेपालका अध्यक्ष उपेन्द्र यादवले अबको आन्दोलन राजधानी केन्द्रित हुने बताएका छन् । उनले सत्तासिन दलले संविधान संसोधन र परिवर्तन नगरे राजधानी घेर्ने चेतावनी दिए ।

उनले फास्ट ट्रयाकका नाममा मधेशी, दलित, जनजाती, महिला र सिमान्तकृत समुदायको अधिकार कटौती गरि संविधान जारी गरिएकाले संविधान संसोधन र परिवर्तन नभएसम्म आन्दोलन नरोक्ने प्रष्टाए ।

आदिवासि जनजाती, तराई मधेश, थरुहट थारुवान, तथा मरात राष्ट्रिय आन्दोलनले संविधानका विरुद्ध आईतबार बुटवलमा आयोजित संयुक्त जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन ।

‘अहिलेको संविधान खसआर्य त्यसमा पनि उच्च जातीहरुको सहभागितामा बनेको संविधान भन्दै ठूलादलले भ्रम छरेका छन्,बास्तबमा यसले पछाडि पारिएका समुदायको अधिकार, पहिचान र प्रतिनिधित्व गरेको छैन ।’ उनले भने ।  उनले सरकारले बार्ताको नाटक र मजाक गरेर मधेशको उपहास गरेको बताए ।

खास बार्ता र समाधान सरकारले नै चाहेको छैन । ‘बार्ता—बार्ता भन्नुको अर्थ छैन ।’ आदिवासि जनजाती राष्ट्रिय आन्दोलन नेपालका संयोजक पद्मरत्न तुलाधारले अबको आन्दोलन काण्ठमाडौंमा हुने र त्यो निर्णायक हुने बताए ।

कार्यक्रममा संघिय गणतान्त्रिक जनमुक्ति पार्टीका बरिष्ठ सहअध्यक्ष परशुराम तामाङ्ग, संघीय लिम्बुवान पार्टीका कुमार लिङदेन, सांसद गंगा थारु, थरुहट तराई पार्टीका भानुराम थारु, आदिवासि जनजाती राष्ट्रिय आन्दोलनका प्रवत्ता ओम गुरुङ्ग, मुस्लिम नेता मसुरउद्धीन खाँन, सांसद अभिशेष प्रताप शाह,सदभावना पार्टीका उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारी, मगरात संघर्ष समितिका रुपन्देही अध्यक्ष दलबहादुर विरकट्टा लगायतले बोल्दै उत्पीडित समुदायको अधिकारको लागि ससक्त संघर्ष गर्ने बताए ।

कार्यक्रम अघि बुटवलमा बिशाल र्याली निकालिएको थियो ।  कार्यक्रममा नयाशक्तिका अभियन्ता डा बाबुराम भट्टराइ आउने प्रचार गरिएपनि बाबुराम भने आएनन् । कार्यक्रम संबिधानको बिरुद्धमा रहेका १७ घटकहरुको आयोजनामा भएको हो ।