बुटवलको सिद्धार्थ गौतमबुद्ध क्यामपसमा अध्ययनरत विद्यार्थीलाई मुटु स्वास्थ्य सम्बन्धित सचेतना गरिएको छ । क्याम्पसमा गठित हेल्थ डेस्क समितिको आयोजनामा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई मुटु स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मुटु रोग विशेषज्ञ डा. समिर गौतमले मुटु रोग, त्यसले गर्ने असर, यसबाट बँच्नका लागि के गर्न सकिन्छ ? लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलले मुटु जीवनका लागि सबैभन्दा महत्वपूर्ण अंग भएकाले यसलाई सुरक्षित राख्न सके मात्रै जीवन सुरक्षित हुने भएकाले समयमै सावधानी अपनाउन आग्रह गर्नुभयो ।
सिद्धार्थ गौतमबुद्ध क्याम्पस हेल्थ डेस्क समितिका अध्यक्ष ताराप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख विष्णुप्रसाद राना, नेपाल हृदयरोग निवाहरण केन्द्र रुपन्देहीका वरिष्ठ उपाध्यक्ष बोनिन पिया, महासचिव नरेश श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम टिकाराम घिमिरेको सञ्चालनमा भएको थियो ।