रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीद्वारा रक्तदान

82

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीद्वारा रक्तदान

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा रक्तदान गरिएको छ । रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदह र रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोदनको सहकार्य र रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ७५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक देवीराम पाण्डेले जानकारी दिनुभयो ।
रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले क्लवले नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रि«कका एसिष्टेन्ट गभर्नर राजु खरेलले सामाजिक सेवामा रोटरीले गरेको योगदानको चर्चा गर्दै स्वास्थ्य क्षत्रमा पनि उल्लेखनीय काम गरेको बताउनु भयो । उहाँले रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले धेरै काम गरेको चर्चा गर्दै दीर्घकालिन सेवा पुग्ने काममा लाग्न पनि आग्रह गर्नुभयो । रगत व्यवस्थापनको काममा पनि यस क्षेत्रका अन्य क्लवहरुले समेत काम गरिरहेको बताउँदै उहाँले थप सुधारका काममा प्रस्ताव ल्याउन क्लवलाई आग्रह गर्नुभयो ।
रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्नको लागि क्लव नियमित रुपमा रक्तदान गर्दै आएको बताउँदै क्लवका अध्यक्ष विष्णुप्रसाद भण्डारीले रगतको अभाव हुन नदिनको लागि यसमा सुधार गर्नुपर्ने कुरामा क्लव तयार रहेको भनाई राख्नुभयो ।
त्यस अवसरमा नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले विगतमा भन्दा धेरै सुधार भएपनि रगतको व्यवस्थापनका लागि धेरै कुरा अझै पनि सुधार गर्न बाँकी रहेको बताउनु भयो । ती सुधारका काममा रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कलवका सचिव शंकर पाण्डे, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष माधव पराजुली, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका पूर्व अध्यक्ष अर्जुन गुरुङ भनाई राख्नुभएको थियो ।