बुटवलमा संविधान प्रचार कार्यक्रम ,यो गतिशिल संविधान हो -खाँण

1.3K

बुटवलमा संविधान प्रचार कार्यक्रम ,यो गतिशिल संविधान हो -खाँण

aaaबुटवल,पुस । संविधानका बिशेषताबारे जानकारी गराउने उद्देश्यले सरकारले चलाएको ‘जनताको संविधान जनताकै माझ राष्ट्रिय अभियान अन्तर्गत सोमबार बुटवलमा अन्तरसंवाद कार्यक्रम गरिएको छ । बुटवल उप–महानगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको सह–आयोजनामा बुटवलको ट्राफिकचौकमा संविधानले प्रदान गरेका अधिकार र बिशेषताबारे जानकारी सहित कार्यक्रम गरिएको हो ।
कार्यक्रमका मुख्य वक्ता एंव प्रमुख अतिथि, रुपन्देही क्षेत्र नम्बर ३ का सांसद, एंव काँग्रेस नेता बालकृष्ण खाँणले लामो प्रतिक्षा र संघर्षपछि जनताका प्रतिनिधिद्धारा बनेको गतिशिल संविधान भएको बताउनुभयो ।
उहाँले अहिलेको संविधानले दलित, महिला, जनजाती, मधेशी, मुस्लिम, अल्पसंख्यक र सिमान्त्कृत समुदायलाई अपनत्व गराउने गरि अधिकार दिएको बताउनुभयो । संविधान सम्झौता र मेलमिलापका आधारमा निर्माण गर्नुपरेकाले केही कमजोरी भएपनि त्यसलाई सुधार गर्न सकिने बताउनुभयो । ‘यो संविधाान जनताका परामर्श र राजनैतिक दलबाट निर्माण गरिएको हो, त्यसैले लचक र गतिशिm पनि छ’ उहाँले भन्नुभयो –‘संविधानमा कसैको अधिकार छुटेको भए, फेरी समावेश गर्न सकिन्छ ।’
पूर्वमन्त्री समेत रहेका नेता खाँणले संविधानमा मधेशीदलहरुले भनेका मागहरु समेटिएको समेत बताउनुभयो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समानुपााितक प्रतिनिधित्व, नागरिकतामा सजिलो प्रक्रिया र मधेशी आयोग गठन जस्ता बिषय संविधान उल्लेख भइसकेकाले सहमतीमा आएर संविधान कार्यान्वयनमा लाग्न उहाँँको आग्रह छ ।
समावेशिकरणलाई उच्च प्राथमिकता दिएको संविधान भएकाले यसका केहि कमजोरी भए, त्यसलाई संसोधन गरेर भएपनि जान सकिने उहाँले प्रष्टाउनुभयो । साथै नेता खाँणले लुम्बिनीका तराई र पहाड छुट्टिन नहुने तर्क समेत राख्नुभयो । सो अन्तरसंवाद कार्यक्रममा संविधानबारे बताउँदै अधिवक्ता महेन्द्र पाण्डेले संविधानले समावेशि, नागरिकअधिकार र राज्यका निकायमा प्रतिनिधित्वको हिसाबले उत्कृष्ट संविधान बनेको बताउनुभयो । ३ सय ८ धाराको संविधानको मौलिक हकले संविधानले सकरात्मक विभेदलाई समेटिएको र राज्यका निकायमा समेत एउटै, वर्ग लिङ्ग र समुदायलाई प्रतिनिधित्व नगराई समावेशि संरचना निर्माणमा जोड दिनु सकरात्मक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवलाय सदस्य युवराज घिमिरे, नेपाली काँँग्रेसका महासमिति सदस्य युवराज गिरी, बुटवल नगर विकास समितिका अध्यक्ष खेलराज पाण्डे, नेपाल मजदुर किसान पार्टीका रुपन्देही अध्यक्ष हरिसुन्दर बासीले बोल्दै संविधान कार्यान्वयनका लागि राजनैतिक प्रचारको आवश्यकतामा जोड दिनुभएको थियो । कार्यक्रममा नागरिकका जिज्ञासा लिखित रुपमा माग गरिएको थियो ।
बुटवल उप–महानगरपालिकाका प्रमुख एंव कार्यकारी अधिकृत ध्रुवबहादुर खड्काको अध्यक्षता, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो । अन्तरसंवादमा बुटवल क्षेत्रका नागरिकहरुको सहभागिता थियो । ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताकै माझमा’ भन्ने मूल नाराका साथ देशब्यापीरुपमा संविधान प्रचार अभियान चलेको थियो । एक महिने अभियान सोमबारदेखि नै सकिएको छ ।