सिद्धार्थ बोर्डिङको भूपू विद्यार्थी समाजमा नयाँ कार्यसमिति चयन

1.3K

सिद्धार्थ बोर्डिङको भूपू विद्यार्थी समाजमा नयाँ कार्यसमिति चयन

बुटवलमा रहेको सिद्धार्थ ईङ्लिस बोर्डिङ् स्कुलको भूपू विद्यार्थी समाजमा नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा विनोद कार्की, उपाध्यक्षमा राजेश रायमाझी, सचिवमा डा. रिचा भडेल र कोषाध्यक्षमा सिद्धान्त पाण्डेलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा जीवन बस्याल, अन्सिला शर्मा, प्रेमा खनाल, सार्थक भट्टराई, मिराजन श्रेष्ठ, सन्ध्या पोखरेल, रेनुका घिमिरे, लेनिन भुर्तेल र सक्षम ज्ञवालीलाई चयन गरिएको छ ।
त्यस अवसरमा समाजका अध्यक्ष विमल बस्नेतले भूपू विद्यार्थी समाजको बारेमा प्रष्ट्याउँदै यसले गर्ने काम तथा नयाँ योजनाको बारेमा जानकारी गराउनु भएको थियो । भूपू विद्यार्थी समाजको नयाँ कार्यसमितिलाई विद्यालयका प्राध्यापक यमबहादुर राना, सहप्राध्यापक रमेश बस्यालले शुभकामना व्यक्त गर्नुभएको थियो ।