तीन दलसँग छलफल गर्न मधेसी मोर्चाले कार्यदल बनायो

तीन दलसँग छलफल गर्न मधेसी मोर्चाले कार्यदल बनायो

oooकाठमाडौं । तीन दलीय कार्यदलसँग वार्ता गर्न मधेसी मोर्चाले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

मंगलबार तमलोपाको पार्टी कार्यालय विजुलीबजारमा बसेको मोर्चाको बैठकले कार्यदल बनाएको हो । कार्यदलमा मोर्चाका तीन नेता छन् । तमलोपाका हृदयेश त्रिपाठी, संघीय समाजवादीका राजेन्द्र श्रेष्ठ र तमसपाका रामनरेश राय छन् ।

पछिल्लो समय सरकारसँगको वार्ता बहिस्कार गरेको सद्भावना पार्टी भने कार्यदल बसेको छैन । यद्यपि त्रिपाठीले तीन दलीय वार्ता टोली पनि तीन सदस्यीय नै भएकाले मोर्चाको पनि तीन जना मात्र राखेको बताए ।

प्रमुख तीन दलले मधेसी मोर्चालाई कार्यदल बनाउने प्रस्ताव गरेका थिए । तीन दलबाट कांग्रेसका महेश आचार्य, एमालेका भीम रावल र एमाओवादीका कृष्णबहादुर महारा छन् ।

तीन दल र मधेसी मोर्चाको कार्यदलस्तरमा मधेसी मोर्चाको ११ बुँदे मागबारे विस्तृतमा छलफल हुने बताइएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •