इन्टलेक्च्यूअलमा नमुना निर्वाचन

82

इन्टलेक्च्यूअलमा नमुना निर्वाचन

मंसिर ४ गते हुने निर्वाचनको माहोल तातिरहेको बेला बुटवल –११ कालिकानगरमा रहेको इन्टलेक्च्यूअल स्कुलमा बुधबार नमुना निर्वाचन गरिएको छ ।
विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक र समसामयिक विषयमा समेत जानकारी दिने उद्देश्यले कक्षा ६ देखी १० सम्मका विद्यार्थी सहभागि गराई नमुना निर्वाचन गराईएको हो ।
नेपाल समाजसेवी पार्टी र नेपाल प्रगतिसील पार्टी बनाएर प्रतिनिधि सभा प्रदेश सभा सांसद र समानुपातिक सांसदका लागि निर्वाचन आयोगले तयार गरेको नमुना मतदानको चुनाव चिन्ह र ४ वटा मतपत्र तयार गरि निर्वाचनकै झल्को दिने गरि विद्यार्थीहरुले निर्वाचन सम्पन्न गरेका छन् ।
विद्यार्थीहरुले उमेदवारी दर्ता, घोषणा पत्र सार्वजनिक, प्रचार–प्रसार लगाएतका कार्य सम्पन्न गरि मतदान प्रक्रिया शुरु गरेका थिए ।
दुई पार्टी मध्ये नेपाल समाजसेवी पार्टीले प्रतिनिधि सभातर्फ कक्षा ९ की छात्रा एन्जीला श्रेष्ठ र प्रदेश सभातर्फ कक्षा ८ का छात्र सुजल पौडेललाई उम्मेद्वार बनाएको थियो भने नेपाल प्रगतिशिल पार्टीको नामबाट प्रतिनिधि सभातर्फ कक्षा ९ का छात्र आर्यन सुवेदी र प्रदेशसभातर्फ कक्षा ९ कै छात्रा मारियम थापालाई उम्मेद्वार बनाएको थियो । दुबै दलबाट प्रतिनिधि र प्रदेश सभाको समानुपातिक गरि ३–३ जनालाई उमेदवार बनाएका थिए । नमुना निर्वाचनलाई स्वच्छ, निश्पक्ष र व्यवस्थित बनाउन प्रमुख निर्वाचन अधिकृतको रुपमा शिक्षक सुरज वि.क. रहेका थिए । मतदानका क्रममा अन्य शिक्षकहरुले सघाएका थिए ।
मतदान पश्चात् भएको मतगणनामा प्रतिनिधि सभातर्फ नेपाल समाजसेवी पार्टीको उमेदवार एन्जीला श्रेष्ठ र प्रदेश सभा तर्फ नेपाल प्रगतिसिल पार्टीको मरियाम थापा विजयी भएका थिए । समानुपातिकतर्फ प्रगतिशिल पार्टीबाट संघीय सभामा एक तथा प्रदेश सभामा पनि एकजना निर्वाचित भएका छन् भने समाजसेवी पार्टीबाट संघीय सभाका २ जना र प्रदेश सभामा पनि २ जना निर्वाचित भएका छन् ।