बुटवलको थाइरो ल्यावमा अत्याधुनिक परीक्षण : स्थापना दिवसमा छुट अफर

422

बुटवलको थाइरो ल्यावमा अत्याधुनिक परीक्षण : स्थापना दिवसमा छुट अफर

बुटवलमा सञ्चालित थाइरो ल्यावले अत्याधुनिक प्रविधिबाट टच प्रोफाईल सुरु गरेको छ । नयाँ व्यवस्थापनमा सञ्चालन गरिएको उक्त ल्यावको स्तर बृद्धिसंगै टच प्रोफाईल सुरु गरिएको थाईरो ल्याव प्रा.लि. बुटवलका अध्यक्ष डा. दिनेश गौतमले बताउनु भयो ।
टच प्रोफाईल परीक्षण अहिलेसम्म यस आसपासमा गरिँदैन । यहाँको आवश्यकता महशुस गरी लक्षित विरामीलाई सुविधालाई मध्येनजर गरेर सेवा सुरु गरिएको उहाँले बताउनु भयो । यो प्रविधिबाट टच प्रोफाईलको २ घण्टामा रिपोर्ट दिन सकिन्छ । नयाँ व्यवस्थापनसहित बि ग्रेडमा सञ्चालित थाइरोले आफ्ना सेवाहरुलाई समेत विशिष्टिकृत गर्दै अगाडि बढेको ल्याव ईञ्चार्ज अमृत सापकोटा बताउनु हुन्छ ।
गर्भवती महिलामा कुनै प्रकारका स्वास्थ्य समस्या हुन पनि सक्छन् । र ती समस्या आमाबाट नवजात शिशुमा जन्मजात आउन (सर्न) पनि सक्छ । गर्भवती महिलामा त्यस्ता समस्या छन् वा छैनन् भनेर गरिने परीक्षणलाई टच प्रोफाईल भनिन्छ । यसबाट विशेष गरेर प्यारासाईटबाट सर्ने टक्जोप्लाज्मोसिस, रुवेला ईन्फेक्सन, साईटोमेघालो संक्रमण र हर्फिस संक्रमण छ वा छैन भनेर परीक्षण गरिने ल्यावकी माईक्रोवायोलोजिष्ट अमृता ढकाल बताउनु हुन्छ । ‘यदि आमामा यी समस्या छन् भने ती आमाबाट जन्मिने नवजात शिशुमा सिफिलिस, औलो, जिका भाईसर, प्यासासाईट ट्रिपानो सोमियासिस जस्ता कुराहरु सर्न सक्छन् ।’ उहाँले भन्नुभयो ।
त्यसबाहेक थाइरो ल्यावमा रुटिन युरिन एनालाईसिस, स्टिल एनालाईसिस, त्यस्तै कल्चरमा ब्लड, युरिन तथा बडी फ्युट्स सबैको परीक्षण गरिन्छ । त्यस्तै ट्युमर मार्कस, सबै प्रकारका क्यान्सर स्क्रिनिङ तथा परीक्षण, हर्मोनल एसे गरिन्छ ।
त्यस्तै प्याथोलोजीमा सुईबाट एफएनएसी जाँच्ने प्रविधी, मासुको टुक्रा जाँच गरी क्यान्सर जाँच्ने प्रविधि, पाठेघरको मुखको क्यान्सर जाँच्ने प्रविधि ‘प्याप स्मेयर’, शरीरमा पानी जमेको ठाउँमा क्यान्सर भए नभएको रगतको मात्रा र रगतको क्यान्सर जाँच्नुको साथै विभिन्न प्रकारका जटिल रोगहरु समेत पत्ता लगाउन सकिने प्रवन्ध निर्देशक दिपु केसीले बताउनु भयो । ‘छिटो छरितो र गुणस्तरीय रिपोर्ट दिने हामीले बाचा गरेका छौं ।’ उहाँले भन्नुभयो–‘जसले गर्दा यस क्षेत्रका डाक्टर, स्वास्थ्यकर्मी तथा आम मानिसको समेत मन जित्न सफल भएका छौं ।’
थाइरो ल्यावले वार्षिकोत्सवको अवसरमा तीन दिन विभिन्न परीक्षणमा छुट अफर ल्याएको छ । ल्यावले भोली शनिबार वार्षिकोत्सव मनाउँदै छ । त्यस अवसरमा शनिबार, आईतबार र सोमबार तीन दिन विशेष छुट कार्यक्रम ल्याएको ल्यावका प्रवन्ध निर्देशक केसीले बताउनु भयो । उहाँका अनुसार वेसिक परीक्षणमा ३० प्रतिशत छुट दिईने छ ।
त्यस्तै १ हजार रुपैंया लिईने थाइरोईड परीक्षणमा ५० प्रतिशत छुट दिईने छ । सुगर फास्टिङ पिपिमा निशुल्क परीक्षणको व्यवस्था मिलाईएको छ । यो छुट हरेक महिनाको पहिलो तीन दिन १, २ र ३ गते पनि प्रदान गरिने उहाँले बताउनु भयो । त्यस्तै आफ्ना नियमित सेवाग्राहीलाई विशेष छुट प्रदान गर्दै आएको पनि जनाएको छ ।