रौतहटका केन्द्रीय सदस्य मो अफ्ताफ आलमले रौतहट पार्टी सभापति कृष्ण यादवले पार्टीको विधानको पालना नगरी क्रियाशील बाँडेको भन्दै नौ दिनदेखि रिले अनशन थाल्नुभएको छ । छ निर्वाचन क्षेत्र रहेको रौतहटमा चार निर्वाचन क्षेत्रका क्षेत्रीय सभातिलाई जानकारी नगराई क्रियाशील बाँडेको उहाँले आरोप लगाउनुभयो ।
क्रियाशील सदस्यलाई मान्यता नदिनुपर्ने अडानका साथ रिले अनशन थालेको केही दिनपछि सोलुखुम्बु र रौतहटका पार्टी सभापतिले आफूले केन्द्रलाई बुझाएको सदस्यलाई नै आधिकारिता दिनुपर्ने भन्दै पाँच दिनअघिदेखि रिले अनशन थाल्नुभएको छ