रोटरी क्लव अफ बुटवल साउथद्वारा अपांगता भएका व्यक्तिलाई ह्वीलचियर प्रदान

45

रोटरी क्लव अफ बुटवल साउथद्वारा अपांगता भएका व्यक्तिलाई ह्वीलचियर प्रदान

रोटरी क्लव अफ बुटवल साउथले अपांगता भएका व्यक्तिलाई ह्वील चियर प्रदान गरेको छ । क्लवले ह्वील चियर माग गरेका २० जना अपांगता भएका व्यक्तिलाई ह्वील चियर प्रदान गरेको हो ।
उनीहरुलाई शनिबार बसेको क्लवको नियमित बैठक पछि बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, क्लवका अध्यक्ष टंकप्रसाद अधिकारी, वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, रोटरी डिष्ट्रिकका एसिस्टेन्ट गभर्नर सञ्जिव शर्मा रेग्मीसहित पूर्व अध्यक्षहरुले ह्वील चियर प्रदान गर्नु भएको थियो ।
ती ह्वील चियर ताईवानको एउटा संस्थाले क्लवलाई उपलब्ध गराएको र अपांगता भएका व्यक्तिको आवश्यकता अनुसार उनीहरुलाई प्रदान गरिएको क्लवका अध्यक्ष अधिकारीले जानकारी गराउनु भयो । उहाँले समाजमा आवश्यक भएका कुराहरुमा क्लवले सेवा भावले काम गरिरहेको भनाई राख्नुभयो ।
त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख अर्यालले अपांगता भएका व्यक्तिहरुलाई क्लवले अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यस्तै रचनात्मक क्रियाकलापमा क्रियाशिल रहिरहन र नगरपालिकाको तर्फबाट पनि क्लवलाई सहयोग गर्न आफू तयार रहेको भनाई राख्नुभयो ।

उपप्रमुख अर्यालले आफू निर्वाचित भएर आएसंगै बुटवलको बजारमा धेरै सुधार आएको दावी गर्नुभयो । आफू मातहत रहेको अनुगमनको पाटोलाई प्रभावकारी रुपमा अगाडि बढाएको भन्दै दुध, मासु जस्ता कुरामा धेरै सुधार आएको उहाँको भनाई थियो । त्यस्तै बजार, विद्यालय, भवन लगायतका कुरामा पनि आफूले प्रत्यक्ष संलग्न भएर अनुगमनको काम अगाडि बढाएको उहाँले भनाई राख्नुभयो ।
त्यस अवसरमा वडा अध्यक्ष क्षेत्री, एसिष्टेन्ट गभर्नर रेग्मी, क्लवका संस्थापक अध्यक्ष प्राध्यापक डा. रामचन्द्र आचार्य, पूर्व अध्यक्ष ईन्द्र रिजाल, सचिव ज्ञानेन्द्र गिरी लगायतले भनाई राख्नुभएको थियो ।