रुपन्देही लनटेनिस संघको अध्यक्षमा गोपालप्रसाद ज्ञवाली निर्वाचित हुनु भएको छ । संघको शनिबार सम्पन्न साधारण सभा तथा अधिवेशनले ज्ञवालीको अध्यक्षतामा आठ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. मनोज ढुगाना, सचिवमा सबिर मिया, कोषाध्यक्ष विष्णुप्रसाद चापागाईं, सदस्यहरुमा मनोज नेपाल, डा. टिकाराम घिमिरे, लक्ष्मी पौडेल अर्याल र सोम राना सर्ब सम्बत निर्वाचित भएको संघले जनाएको छ ।