यही पुस १२ गते नियुक्तिपत्र पाए पनि अस्थायी शिक्षकको समस्याका कारण आफूहरुले विद्यालयमा पढाउन र हाजिर गर्न नपाएको भन्दै नवनियुक्त शिक्षकको सङ्घर्ष समितिले यथाशीघ्र आफ्ना मागको सम्बोधन हुनुपर्ने भन्दै उक्त ज्ञापनपत्र बुझाएका हुन् ।
मध्यमाञ्चल क्षेत्रबाट १२० शिक्षकको नियुक्ति दिइए पनि ३८ शिक्षकले अहिलेसम्म हाजिर गर्न नपाएको समितिका संयोजक भोजप्रसाद गौतमले गुनासो गर्नुभयो ।
यसअघि जिल्ला शिक्षा अधिकारी किशोरबहादुर गौतमलाई समेत यसबारे ध्यानाकर्षण गराउँदा सम्बन्धित विद्यालयलाई दरबन्दी आवश्यक नभए दरबन्दी भएका अन्य विद्यालयमा आफूहरुलाई नियुक्ति दिएर समस्याको समाधान छिट्टै गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो ।
अहिले स्थायी ३८ शिक्षक जिल्ला शिक्षा कार्यालयमा नै हाजिर गरिरहेका छन् ।