रुपन्देहीकाे तिलाेत्तमामा इनरह्वील क्लव गठन

160

रुपन्देहीकाे तिलाेत्तमामा इनरह्वील क्लव गठन

रुपन्देहीकाे तिलाेत्तमामा इनरह्वील क्लव गठन गरिएकाे छ । महिला तथा वालबालिकाकाे क्षेत्रमा काम गर्दै आएकाे इनरह्वील क्लव अफ मिडटाउन बुटवलकाे स्पाेन्सरमा तिलाेत्तमा नगरपालिकामा इनरह्वील क्लव अफ तिलाेत्तमा गठन गरिएकाे हाे ।
सपना लम्सालकाे अध्यक्षतामा गठित उक्त क्लवकाे मंगलबार भलवारीमा कार्यक्रम गरी चार्टर प्रिजेन्टेसन गरिएकाे छ । तिलाेत्तमा नगरपालिकामा इनरह्वील क्लव पहिलाे हाे । क्लवकाे प्रथम उपाध्यक्षमा सीता चालिसे, द्वीतीय उपाध्यक्षमा रत्ना रिजाल, सचिवमा रेखा चाैधरी, काेषाध्यक्षमा कल्पना पाण्डे रहनु भएकाे छ ।
१७ सदस्यीय क्लवमा आईएसओेमा सीता भट्टराई, ईडिटर ज्याेती न्याैपाने, बाेर्ड मेम्बरहरुमा सीला पहारी, अम्विका खरेल रहनु भएकाे छ ।
त्यस्तै सदस्यहरुमा सुस्मा पाैडेल, कल्पना पाैडेल, लक्ष्मी भट्टराई, कमला कुवँर, देवी पाेखरेल, मीना काफ्ले, भवानी सापकाेटा, सरिता पाैडेल आचार्य रहेकाे क्लवकी अध्यक्ष लम्सालले बताउनु भयाे । त्यस्तै क्लवमा राधा भट्टराई, अञ्जु कार्की र तृष्णा श्रेष्ठलाई सल्लाहकार चयन गरिएकाे छ ।
कार्यक्रममा इनरह्वील डिष्ट्रिक ३५० की चियरमेन सीमा झाले क्लवकाे प्रमाणपत्र तथा वेल प्रदान गर्नु भएकाे थियाे । साथै चार्टर्ड क्लवका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई पिन लगाईदिनु भएकाे थियाे ।
त्यस अवसरमा डिष्ट्रिक चियरमेन झा, डिष्ट्रिक सेक्रेटरी टुना थापा, काेषाध्यक्ष आशा श्रेष्ठ, स्पाेन्सर मिडटाउन बुटवलकी अध्यक्ष प्रभा अर्याल, सचिव राधिका रिजाल, राेटरी डिष्ट्रकका पूर्व एसिष्टेन्ट गभर्नर राजेन्द्र कार्की, इनरह्वील क्लव अफ बुटवलकी अभ्यक्ष यमुना श्रेष्ठ, सल्लाहकार राधा भट्टराई लगायतले शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
त्यसै अवसरमा तिलाेत्तमा पश्चिमपहुनी स्थित सत्यलक्ष्मी आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययन गर्ने एक वालिकालाई नगद छात्रबृत्ति सहित विद्यालय पाेषाक र झाेला प्रदान गरिएकाे थियाे ।