तिलोत्तमा रक्तदाता समाज र लायन्स क्लव अफ तिलोत्तमा सुर्यमुखीको संयुक्त आयोजनामा शनिबार रुपन्देहीको तिलोत्तमामा रक्तदान कार्यक्रम गरिएको छ ।
इनरह्वील क्लव अफ तिलोत्तमा, लायन्स, रोट्रयाक्ट लगायतका विभिन्न सामाजिक संघसंस्थाहरुको सहआयोजनामा भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।
यो तिलोत्तमा रक्तदाता समाजले गर्दै आएको २८ औं नियमित रक्तदान कार्यक्रम हो । तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोविन्द वञ्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. २ का अध्यक्ष डिलबहादुर भट्टराई, लायन्सका सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, इनलह्वील क्लव अफ तिलोत्तमाकी अध्यक्ष सपना रेग्मी लम्साल, लायन्स क्लव अफ तिलोत्तमा सुर्यमुखीकी अध्यक्ष अर्चना केसी लगायतले भनाई राख्नु भएको थियो ।
कार्यक्रम इनरह्वील क्लव अफ तिलोत्तमाकी इडिटर ज्योती न्यौपानेको संयोजनमा भएको थियो ।