शान्तिका लागि दश हजार युवा काठमाडौँमा भेला हुने

311

शान्तिका लागि दश हजार  युवा काठमाडौँमा भेला हुने

youthकाठमाडौँ, २२ पुस । देशमा विद्यमान परिस्थितिका कारण तराईका बालबालिकाको पठनपाठनमा परेको प्रभावबारे देशको ध्यानाकर्षण गराउन १० हजार युवा काठमाडाँैमा भेला हुने भएका छन् ।
फागुन १ गते टुडिँखेलमा भेला भएर गौतम बुद्धको चित्र बनाई त्यसमा ‘युनाइडेड फर पिस वर्क’ लेखी विश्वको ध्यान नेपालमा केन्द्रित गराउने उद्देश्य रहेको आयोजक चियर अर्फ नेपालका दामोदर कार्कीले जानकारी दिनुभयो ।
उहाँले विश्व अन्य मुलुक सिरियालगायतका अफ्रिकी देशका बालबालिका पनि युद्ध र भोकमरीको चपेटामा परेकाले विश्वमा शान्ति कायम गर्नका लागि विश्वको ध्यान केन्द्रित गर्न कार्यक्रम गर्न लागिएको बताउनु भएको छ ।
उहाँले भन्नुभयो—‘नेपालमा मात्र नभई विश्वमा अशान्तिका कारण बालबालिकाको भविष्यमा नकारात्मक प्रभाव परिरहेको छ । त्यसकारण १० हजार युवा भेला भएर बृद्ध शान्तिका प्रतीक भएकाले बृद्धको चित्र बनाइ शान्ति कायम गर्न विश्व समुदायलाई अपिल गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।’ संस्थाले यसअघि पनि मानवबाट नेपाली झण्डाको चित्र बनाएको थियो । रासस