अर्बुद रोग निवारण संस्थामा पदाधिकारी चयन

117

अर्बुद रोग निवारण संस्थामा पदाधिकारी चयन

नेपाल अर्बुद (क्यान्सर) रोग निवारण संस्था रुपन्देही शाखाको शनिबार बसेको बैठकले पदाधिकारी चयन गरेको छ ।
संस्थाको विधानमा भएको निर्वाचित सदस्य मध्येबाट पदाधिकारी चयन गर्ने व्यवस्था अनुसार बैठकले प्रथम उपाध्यक्षमा सुरेन्द्रप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा बीना न्यौपाने, सचिव प्रजापाल गिरी, कोषाध्यक्षमा सुरेन्द्रमुनी शाक्य, सहसचिव बाबुराम बिक र सहकोषाध्यक्ष पदमा पुनम पौडेललाई जिम्मेवारी प्रदान गरिएको सचिव प्रजापाल गिरीले जानकारी गराउनु भयो ।
संस्थाको गत मंसिर २९ मा पाँचौ अधिवेशनले खिमबहादुर हमालको अध्यक्षमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । अध्यक्ष हमालको अध्यक्षतामा बसेको बैठकले संस्थाको दीगो कार्यक्रम अन्तर्गत रहेको उपचारात्मक क्षेत्रमा सहज र प्रभाकारिता ल्याउन सहज होस भन्ने उद्देश्य सहित जग्गा पहिचान र व्यवस्थापनको लागि स्थानीय सरकारसँग पहल गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा संस्थाका सल्लाहकार मधुसूदन गैरे, हरि प्रसाद अर्याल, उमादेवी थापा, चोला पाठक लगायतले धारणा राख्नु भएको थियो । अर्बुद रोग (क्यान्सर)को रोकथाम र निवारणलाई प्रमुख कार्यक्षेत्र बनाएर २०३९ सालमा स्थापना भएको नेपाल अर्बुद रोग निवारण संस्था अभियानकै रुपमा देशभर कृयाशिल छ । प्रत्येक जिल्लामा स्थानीय समाजसेवीहरुलाई यो अभियानमा सरिक बनाउने उद्देश्य सहित समाजसेवी स्वर्गीय सुर्यप्रसाद प्रधानको नेतृत्वमा रुपन्देहीमा २०५३ सालमा जिल्ला शाखा स्थापना गरिएको थियो ।