कराँतेकाे अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्णपदक विजेतालाई राममणीमा सम्मान

19

कराँतेकाे अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्णपदक विजेतालाई राममणीमा सम्मान

रुपन्देहीकाे मणिग्राम स्थित राममणि बहुमुखी क्याम्पसले कराँतेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्णपदक जित्ने विद्यार्थी सोनियाँ विश्वकर्मालाई सम्मान गरेको छ ।
क्याम्पसको वी.एड. पहिलो वर्षकी विद्यार्थी सोनियालाई विहिबार क्याम्पसमा आयाेजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धिताल, क्याम्पस प्रमुख ताराप्रसाद पराजुली लगायतले खादा, पदक, टीका लगाएर सम्मान गर्नु भएकाे हाे ।
खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीलाई क्याम्पसले छात्रवृत्तिस्वरूप विशेष ग्राह्यता उपलब्ध गराउने नियम समेत रहेको क्याम्पस प्रमुख पराजुलीले जानकारी गराउनु भयो ।
कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।
गत पुस ११ र १२ गते भारतको इन्दोरस्थित नेताजी सुबासचन्द्र बोस मिलिटरी स्कूलमा भएको प्रतियोगितामा विभिन्न देशका प्रतियोगीलाई पछि पार्दै सोनियाँले स्वर्णपदक जित्नुभएको थियो ।
सो प्रतियोगितामा भारतका १८ प्रान्त सहित, नेपाल, श्रीलङ्का, बंगलादेश र भुटानका खेलाडीले भाग लिएका थिए ।