लुम्बिनी वाणिज्य क्याम्पसमा अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुँदै

1.3K

लुम्बिनी वाणिज्य क्याम्पसमा अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुँदै

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुँदै छ । भोली बुधबारदेखि दुईदिन सम्म सञ्चालन गरिने कन्फ्रेन्सको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
बुधबार र विहिबार दुई दिनसम्म सञ्चालन गरिने कन्फ्रेन्समा नेपाल सहित फिलिपिन्स, पोर्चुगल, पाकिस्तान तथा भारतका विभिन्न विश्व विद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ताहरुले आफ्नो अनुसन्धानको निश्कर्ष प्रस्तुत गर्ने छन् ।
लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले प्राध्यापकहरुले उच्च शैक्षिक गुणस्तर बृद्धि गर्न ज्ञान र सीपलाई बृत्ति विकाससंग जोड्ने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च शैक्षिक समन्वय बढाउन यस्ता अन्तर्राष्ट्रिय स्तरका कन्फ्रेन्सहरु महत्वपूर्ण हुने बताउनु भयो ।
लुम्बिनी वाणिज्य क्याम्पसले प्रत्येक २ वर्षमा सञ्चालन गर्दै आएको यो तेस्रो हो । यस अगाडि दुई पटक सम्पन्न गरिसकेको छ । भोली बुधबार विहान ८ बजेदेखि सुरु हुने कन्फ्रेन्समा नेपालको त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डा. डिल्लीराज शर्मा सहित भारत, विदेशी प्रोचुगल, फिलिपिन्स, पाकिस्तानका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुलाई प्रमुख वक्ताको रुपमा राखिएको लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन विभागका प्रमुख प्राध्यापक गोपाल पाण्डेले जानकारी गराउनु भयो । उहाँका अनुसार त्यसबाहेक सरकारी तथा गैरसरकारी संस्थाका अनुसन्धानकर्ताहरु समेत गरी ५० भन्दा बढी अनुसन्धानकर्ताहरुले अनुसन्धान पत्र प्रस्तुत गर्नेछन् ।