इन्टलेक्चुअलमा खेल सप्ताह शुरू

64

इन्टलेक्चुअलमा खेल सप्ताह शुरू

बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा मंगलबारदेखि खेलकुद सप्ताह शुरू गरिएको छ ।
खेलकुद मार्फत विद्यार्थीको प्रतिभाको छनोट गर्नका लागि आयोजित खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीलाई विभाजन गरी प्रतियोगिता गराईने छ ।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी हुने खेलकुद कार्यक्रममा भलिवल, फुटसल, रीले दौड, सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चीदौड, साइकिल दौड, बास्केटबल, खो–खो लागायतका खेलहरूमा प्रतिस्पर्धा गराईने छ । खेल सप्ताहको उदघाटन गर्दै स्कूल सञ्चालक समितिका अध्यक्ष गोविन्दप्रसाद मरासिनीले खेलकुदले बिद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताउनु भयो । अतिरिक्त क्रियाकलाप संयोजक मनोज क्षेत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको स्वागत कोर्डिनेटर माया पौडेल र सन्चालन शिक्षक सुरज विकले गर्नु भएको थियो । खेलासप्ताह शुक्रवारसम्म चल्ने छ ।