नेपालमा गयको विनाशकारी भूकम्पपछि धेरैको गास वास कपासमा समस्या परेको छ | जसले गर्दा मध्यमवर्गीय तथा निम्न मध्यमवर्गीय परिवारमा त् स्थिति नाजुक नै बनेको छ | नेपाल सरकार बाट सक्दो राहत सहयोग नपुगेको अवस्था सवैमा ब्याप्त नै रहेको छ |
अहिले जाडो मौसमको उच्च स्थिति नेपालमा रहेको छ | भूकम्पबाट प्रभावितहरु चिसोले गर्दा थप समस्यामा परिरहेका छन | सरकारी तवरबाट कुनै ठोस कार्य नभयपनि निजि तथा सामुहिक संघसस्था ,विद्यालय ,युवायुवतीको समुह ,लगायतका तर्फबाट पिडितहरुको लागि सक्दो सहयोग भैरहेको छ | उनीहरुले आफ्नो तर्फ बाट सक्ने कार्य गरिरहेका छन |
अहिले नेपालबाट जति नेपाली विद्यार्थी विदेस अध्ययनको लागि दौडधुप गरिरहेका देखिन्छन त्यतिनै मात्रमा नेपालमै बसेर देशको सेवामा लागि पर्ने पनि उत्तिकै रहेका छन | देशमै पढेर देशमा परेको आपतमा थोरै भयपनी आफुले सकेको सहयोग गर्नुपर्छ भन्ने विद्यार्थीहरुको कमि छैन | यसै मध्यमा राजधानी काठमाडौँ महाराजगंज स्थित यति स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पब्लिक हेल्थ अध्यनरत विद्यार्थीहरु रहेका छन | छैठौ ब्याचका तेस्रो सेमेस्टरमा अध्ययनरत उनीहरुले आज सिधुपाल्चोक जिल्लाको सांघुचोक गाविस भीमटारमा रहेको मझिवस्तिमा गयर न्यानो लुगा र खाधन्य सामग्री वितवरण गरे |
माझिवस्तीमा धेरै माझीहरुको वसोवास रहेको छ | गयको भूकम्पले त्यहा धेरै असर गरेको थियो | अहिलेको जाडोमा त्यहाका वालवालिका ,वृधवृद्धा,सुत्केरीहरुलाई पब्लिक हेल्थ अध्यनरत विद्यार्थीहरुले ४६१ प्याकेट न्यानो लुगा प्रदान गरेका छन | उनीहरुले बिस्कुट चकलेट लगायतका खाधन्य सामग्री पनि वितवरण गरेका हुन् |’गर्नेले सवै आफ्नो ब्यबस्था गरिरहेका छन ,नसक्नेले चिसोमा जीवन गुजार्नुपर्ने बाध्यता रहेको छ |’न्यानो कपडा वितवरणमा गयका विद्यार्थी समुन्द्र पाण्डेले भने’भूकम्प पिडितको हामि सबैको पिडा हो देशको समस्यामा हामि जस्ता युवा विद्यार्थी साथ दिदै अगाडी बढेका हौ |’ उनका अनुसार यो कार्य संगै पिडितहरुको लागि थप सहयोग गर्दै जाने कार्यक्रम रहेको छ |
सबैले आ आफ्नो ठाउबाट पिडितहरुको लागि सहयोग गर्न अगाडी बढ्ने हो भने उनीहरुले यो जाडोमा केहि हद सम्म राहत पाउने निश्चित रहेको छ| महाराजगंज स्थित यति स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पब्लिक हेल्थ अध्यनरत विद्यार्थीहरु जस्तै अरु कलेज,विद्यालयबाट न्यानो कपडा तथा खाधन्य वितवरण गर्ने कार्यको सक्रिय रुपमा थालनी गर्दा पिडित वालवालिका वृद्धवृद्धा तथा सुत्केरी महिलाहरुलाई थप राहत पुग्ने देखिन्छ | यस तर्फ अरुले पनि सोच्ने कि ?