शान्ति नमुनामा खेल सप्ताह शुरु

63

शान्ति नमुनामा खेल सप्ताह शुरु

रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माविको ६४ औं वार्षिकोत्सको अवसरमा मंगलबारदेखि खेल सप्ताह शुरु भएको छ ।
खेलकुद सप्ताह अन्तर्गत फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, कबड्डी, एथलेटिक्स लगायतका खेलहरु सञ्चालन हुने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनु भयो ।
वार्षिकोत्सजको अवसरमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता, रक्तदान, साहित्यिक कार्यक्रम, खाना महोत्सव, पढाई महोत्सव, सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम समेत सञ्चालन हुनेछन् ।