राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेला बुटबलमा सम्पन्न भएको छ। प्रथम भेलाको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख डा. पुष्पराज पौडेलले उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रमा बोल्दै डा. पौडेलले यस्ता संस्था खोल्नु समाजको लागी राम्रो भएको बताउदै आयुर्वेदको बिकासका लागि पनि महत्वपुर्ण हुने बताउनु भयो ।
राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले आयुर्वेदको बिकास र निकासका लागी राज्यसंग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । उहाँले राज्यले आयुर्वेदको निति निमार्ण गर्दा कुन संस्थासँग सहकार्य गर्ने भन्दा राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालसँग तरिकाले काम गर्नु पर्ने बताउनु भयो । भुसालले आयुर्वेदको बिकासका लागि सम्पुर्ण आयुर्वेदकर्मी एकजुट भएर लाग्नुको बिकल्प नभएको बताउनु भयो ।
त्यस अवसरमा पत्रकार चन्द्रकान्त खनाल र शिद्ध फर्मुलेशनका संञ्चालक रामचन्द्र पौडेललाई दोसल्ला प्रमाण पत्रले सम्मान गरिएको छ ।
राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेलाले नरहरी अर्याल नबिनको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्ष दिपक पन्थी, सचिब कमल शर्मा, चापागाई, सहसचिब प्रदीप बैठा, कोषाध्यक्ष रिता ज्ञवाली रहनु भएको छ । त्यसतै सदस्यहरु भुपेन्द्र डीसी, माधब बस्याल, दिक्षा भन्डारी, जीबन बस्याल डा. आबिश्यकार अधिकारी, धर्मराज भन्डारी, कमल आचार्य, डा. गोपाल न्यौपाने, मनोज राय र थानेश्वर न्यौपाने रहनु भएको छ ।
सल्लाहकारमा र चन्द्रकान्त खनाल, प्रकाश ज्ञवाली र डा. सन्तोष गौतमलाई चयन गरिएको प्रदेश अध्यक्ष अर्यालले बताउनु भयो ।