बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा खेलकुद सप्ताहमा उत्कृष्ठ बिद्यार्थीलाई शुक्रबार मेडल तथा प्रमाणपत्र बितरण गरिएको छ ।
खेलकुद मार्फत विद्यार्थीमा भएको प्रतिभाको छनोट गर्नका लागि आयोजित खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीलाई विभाजन गरी प्रतियोगिता गराइएको थियो ।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी भएको खेलकुद कार्यक्रममा भलिवल, फुटसल, रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदकलापमा, साइकिल दौड, बास्केटबल,खो खो लागायतमा ४० इभेन्टहरुमा प्रतिस्प्रर्धा गराईएको थियो ।
पुरस्कार तथा मेडल स्कूल सञ्चालक समितिका अध्यक्ष गोविन्दप्रसाद मरासिनी, प्रबन्ध निर्देशक रामराज पोख्रेल, संचालक सदस्य लक्ष्मण कुँवर, विद्यालयकी कोर्डिनेटर माया पौडेल, मित्रजन भण्डारी, अतिरिक्त क्रियकलाप संयोजक मनोज क्षेत्री, शिक्षक सुरज विक लगाएतले पुरस्कार बितरण गर्नु भएको थियों । खेल सप्ताह माघ ३ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिएको थियो ।