शँकरनगर सामुदायिक वनमा ब्लड सुगर र कोलेस्ट्रोलको निशुल्क परीक्षण

27

शँकरनगर सामुदायिक वनमा ब्लड सुगर र कोलेस्ट्रोलको निशुल्क परीक्षण

शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले समूहको वार्षिक कार्यक्रम अनुसार समूहका पार्षद तथा कर्मचारीहरुको ब्लड सुगर र लिपिड प्रोफाइल अन्तर्गत कोलेस्ट्रोलको निशुल्क परीक्षण गराएको छ ।
सामुदायिक वनको आयोजना र शँकरनगर स्वास्थ्य चौकी तिलोत्तमा २ को प्राविधिक सहयोगमा समूहको कार्यालय प्राङ्गणमा कार्यसमिति, पार्षद, सल्लाहाकार तथा कर्मचारीहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
स्वास्थ्य परीक्षण कार्यक्रमको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले भौतिक विकासमात्र नभएर मानवताको शहर निर्माण गर्ने अभियानमा लाग्नुपर्ने वताउनुभयो ।
तिलोत्तमा नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न स्वास्थ्य चौकीहरुवाट सर्वशुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने ब्यवस्था मिलाएको उल्लेख गर्नुभयो । नगरपालिकाले स्वास्थ्यको गुणस्तरलाई माथि उठाउने र नागरिकलाई सर्वशुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य अनुरुप आनन्दवन हेल्थपोष्टबाट प्रतिब्यक्ति १५ सय रुपैयाँमा रगतवाट गरिने होलवडि चेकजांच र सेमरा हेल्थपोष्टवाट प्रति ब्यक्ति ६५० रुपैयाँमा एक्सरे र भिडियो एक्सरेको सुविधा रहेकाले आफ्नो स्वास्थ्य जाँच गराई लाभ लिन नगरवासीलाई आग्रह गर्नुभयो ।
समूहका सचिव कालिका अधिकारीको संचालनमा भएको कार्यक्रममा समूहका अध्यक्ष रविन्द्र वस्नेतले समूहको वार्षिक कार्यक्रम अनुसार समूहका पार्षदहरुलाई निशुल्करुपमा रगतवाट जाँच गरिने ब्लड सुगर र कोलेस्ट्रोलको परीक्षण गरिएको वताउनुभयो । पार्षद तथा कर्मचारीहरुमा स्वास्थ्य प्रति सचेतना जगाउंदै नियमित स्वास्थ्य जांच गराउने वानीको विकास गर्ने उद्देश्य अनुरुप निशुल्क रगत परीक्षण कार्यक्रम आयोजना गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने अध्यक्ष वस्नेतले जानकारी गराउनु भयो ।
समूहका उपाध्यक्ष कमला ज्ञवालीले मानिसको सवैभन्दा ठूलो सम्पति स्वास्थ्य रहेको र स्वस्थ मानिसले मात्र समाज विकासमा योगदान गर्न सक्ने भएकाले सामुदायि वनले पार्षदहरुको स्वास्थ्य जांचलाई प्राथमिक्तामा राखेर कार्यक्रम गरिएको वताउनु भयो ।
समूहका ३१२ जना पार्षद मध्ये करिव २५० जनाले विहीवार विहान खालीपेटमा ब्लड सुगर र कोलेस्ट्रोल जाँचका लागि रगत दिएका समूहका कोषाध्यक्ष भुवन आचार्यले जानकारी गराउनुभयो ।