क्यान्सर विरुद्ध जनचेतना जगाउन बुटवलमाा चेतनामुलक प्लेकार्ड प्रदर्शन गरिएको छ । विश्व क्यान्सर दिवसको अवसरमा नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा प्लेकार्ड प्रदर्शन गरिएको हो ।
‘हेरचाहमा हुने असमानताको अन्त्य गरौं’ भन्ने मुल नारा सहित बुटवलमा विश्व क्यान्सर दिवस मनाइएको हो । प्रत्येक बर्षको फेब्रुअरी ४ तारीखलाई विश्व क्यान्सर दिवसको रुपमा मनाउने गरिएको छ ।
नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीको आयोजना तथा लायन्स क्लब अफ बुटवल तिलोत्तमा, लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी, लायन्स क्लब अफ शंकरनगर बाटिका, लायन्स क्लब अफ बुटवल देवीनगर, लायन्स क्लब अफ ज्योती, मानव अधिकार तथा शान्ति समाज, फुलवारी गाईज, स्वयंसेवीका महिला समूह, ग्लोरी बोर्डिङका विद्यार्थीहरु, उद्योगी, व्यवसायी, पेशाकर्मी, तरुण युवाहरु, स्वास्थ्यकर्मी लगायतको सहकार्यमा बुटवलको मिलनचोकमा जनचेतनामुलक प्लेकार्ड प्रदर्शन सचिव प्रजापाल गिरीले जानकारी गराउनु भयो ।
देश, समाज र पुरै विश्वलाई क्यान्सर रोगबाट हुने जोखिम र जनधनको सम्भाबित क्षति न्यूनीकरणका लागि नागरिक समाज र राज्य पक्षले सहकार्य गर्दै क्यान्सर हुनै नदिने दिशा तर्फ हातेमाले गर्नुपर्नेमा जोड दिदै क्यान्सर रोग सरकार, नागरिक समाज वा व्यक्तिको एकल प्रयासबाट मात्र नियन्त्रण र निर्मूल हुनसक्दैन क्यान्सर मुक्त समाज निर्माणका लागि सबै पक्षको इमानदार सामुहिक प्रयत्न भयो भने सम्भव छ भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम सफल भएको नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो ।
कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी सदस्यहरु, सहकार्य गरेका संघसंस्थाका पदाधिकारी सदस्यहरु सहित चिकित्सकहरु डा. एनबि थापा, डा. युवराज शर्मा लगायतको उपस्थिति थियो ।