बुटवलमा राष्ट्रिय लनटेनिस प्रतियोगिता हुने

25

बुटवलमा राष्ट्रिय लनटेनिस प्रतियोगिता हुने

बुटवलमा राष्ट्रिय लनटेनिस प्रतियोगिता हुने भएको छ । जिल्ला लनटेनिस संघ रुपन्देहीको आयोजनामा फागुनको ६ देखि १० गतेसम्म बुटवलमा पाँचौं राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता गर्न लागिएको हो ।
विभिन्न उमेर समुहमा हुने उक्त प्रतियोगितामा देशभरका सय बढी खेलाडि सहभागि हुने प्रतियोगिताको बारेमा जानकारी गराउन बुधबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला लनटेनिस संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवालीले जानकारी गराउनु भयो ।
रुपन्देही लन टेनिस संघले प्रत्येक वर्ष राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ । यो पाँचौं संस्करण हो । यो प्रतियोगिताको लागि बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ । प्रतियोगिता बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगर स्थित लनटेनिस कम्प्लेक्समा हुने छ । २०६८ सालदेखि रुपन्देहीमा खेलाडीहरुलाई संगठित गर्दै छोटोसमयमा जिल्लामा उमेर समुहका खेलाडी उत्पादन, राष्ट्रिय प्रतियोगिता, खेलकुद गतिविधि, पुर्वाधार विकास लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष ज्ञवालीले बताउनु भयो ।
प्रतियोगिता पुरुष एकल खुला ३५ वर्ष माथी, ४५ वर्ष माथी र ५५ वर्ष माथी ६५ माथी, महिला एकल खुला, पुरुष युगल खुल्ला, महिला युगल खुला, पुरुष भेटान्स ३५ माथी युगल, पुरुष भेट्रान्स ४५ माथी, पुरुष भेट्रान्स ५५ माथी पुरुष ६५ माथि गरि कुल १२ इभेन्टमा हुने छ ।
प्रतियोगिताको पुरुष र महिला सिंगल तर्फ उपाधि विजेतालाई नगद ६० हजार रुपैया, कप, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई नगद ३० हजार रुपैया सहित कप, मेडल, प्रमाणपत्र र तृतीय दुई जना खेलाडीलाई जनही २० हजार रुपैया रुपैया, मेडल, प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी गराउनु भयो । अन्य सबै ईभन्टमा नगद पुरस्कार सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष ज्ञवालीले बताउनु भयो ।