एमाले दाङमा कार्यकर्ताबीच कुटाकुट

531

एमाले दाङमा  कार्यकर्ताबीच  कुटाकुट

fighting

फोटो :फाइल
घोराही/ एमाले दाङ जिल्ला कमिटीको बैठकमा पार्टी कार्यकर्ताबीच हात हालाहाल भएको छ । तीन दिनदेखि जारी बैठकमा एमालेका दाङ जिल्ला सचिबालय सदस्य विवेक श्रेष्ठमाथि कुटपिट भएको एमालेले जनाएको छ । बैठक सुरु हुँदै गर्दा बिहीबार श्रेष्ठमाथि रुकुम जिल्ला कमिटी सदस्य प्रेम बुढाले मुक्का हानेका थिए ।‘श्रेष्ठलाई बुढाले तीनचार झापट हानेका रहेछन्, उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि अहिले बैठक चलिरहेको छ’ एमाले प्रचार विभाग प्रमुख शरद अधिकारीले भने ।झगडाको कारण भने थाहा हुन सकेको छैन । झगडा छुटाउँदा केन्द्रीय सदस्य मेटमणि चौधरीमाथि पनि प्रहार भएको छ । जिल्ला अधिवेशनको तयारीका लागि बैठक बसिरहेको छ । बैठक अझै निश्कर्षमा पुग्न सकेको छैन ।