माओवादीका पुर्वसभासद् ढुंगेललाई पक्राउ गर्न बाटो खुल्यो

312

माओवादीका पुर्वसभासद् ढुंगेललाई पक्राउ गर्न बाटो खुल्यो

Bal-krishna-dhungel_446822186

काठमाडौं / सर्बोच्च अदालतको संवैधानिक इजलासले एमाओवादीका पूर्व सभासद् बालकृष्ण ढुंगेलको फैसला कार्यान्वयन गर्न निजलाई आममाफी नहुने निर्णय गर्दै फैसला कार्यान्वयन गर्न बाटो खुल्ला गरेको छ ।
द्वन्द्वकालिन समयमा भएको व्यक्ति हत्यालाई लिएर सर्बोच्चले उनलाई २०६६ पुस १९ गते सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको थियो ।उक्त फैसला कार्यान्वयन नभएको भन्दै पीडित ओखलढुंगाकी सावित्री श्रेष्ठले सर्बोच्चमा रिट दायर गरेकी थिइन् ।
सर्बस्वसहित जन्मकैदको फैसला भएपछि ढुंगेलले माफीका लागि दिएको निवेदनमा तत्कालीन एमाओवदी नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष माफीका लागि सिफारिस गरेको थियो ।

उक्त सिफारिस समेत रोक्न अर्को रिट पनि दायर भएको थियो । उक्त रिटमा प्रधानन्यायाधीसहित सर्बोच्च अदातलाका पाँचजना न्यायाधीश सम्मिलित संवैधानिक इजलासले माफी दिन नमिल्ने बताउँदै रिट निवेदकको पक्षमा निर्णय दिएको हो ।२०५५ असार १० गते आफ्नो भाइ उज्जनकुमार श्रेष्ठलाई ओखलढुंगाको चार केराबारीमा ढुंगेलसमेत मााओवादी कार्यकर्ताले हत्या गरेको दाबीसहित पीडित परिवार सर्बोच्च आएको थियो ।
सावित्रीका दाजु गणेशकुमार श्रेष्ठको पनि २०५९ मंसिर ६ गते माओावदीबाटै हत्या भएको थियो । उज्जनको हत्या प्रकरणमा प्रहरीमा किटाणी जाहेरी दिएको आरोपमा गणेशको पनि माओवादी कार्यकर्ताले ज्यान लिएका थिए । जिल्ला अदालत ओखलढुंगाले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुुनाएको थियो । त्यसविरुद्ध परेको मुद्दामा पुनरावेदन अदालत राजविरजले ढुंगेललाई सफाइ दिने निर्णय गरेको थियो । ढुंगेलले सफाइ पाएपछि श्रेष्ठ परिवारले पुनः सर्वोच्च अदालतमा रिट दिएका थिए ।
दिदी सावित्रीले सोही मुद्दामा सर्बोच्चबाट दोषी ठहरिएका ढुंगेलको सजाय कार्यान्वयन गर्न माग गर्दै अर्को रिट पनि सर्बोच्च अदालतमा हालेकी थिइन् ।