इन्टलेक्यूअल एकेडेमीको वार्षिकोत्सव : सीपयुक्त शिक्षामा जोड

97

इन्टलेक्यूअल एकेडेमीको वार्षिकोत्सव : सीपयुक्त शिक्षामा जोड

बुटवल ११ मा रहेको इन्टलेक्यूअल स्कूलले १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले परिवर्तित समयसँगै शिक्षा पनि परिवर्तन गर्दै लैजानु पर्ने बताए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी नगर उपप्रमुख सावित्रादेवी अर्यालले स्कुलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ शैक्षिक गुणस्तर वृद्धि गर्न आग्रह गर्नुभयो । शिक्षाको विकास भए मात्र बुटवलको विकास हुने उहाँको भनाई छ ।
विद्यालयका प्रबन्ध निदेशक रामराज पोखे्रलले शिक्षा विद्यार्थीलाई प्रमाणपत्र मात्रै प्राप्त गर्नका लागि नभई जीवन उपयोगि सीप आर्जन गर्ने खालको शिक्षा जरुरी भएको औल्याउनु भयो ।
वार्षिक उत्सवको अवसरमा विद्यालयले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको थियो ।
विद्यालयका अधयक्ष गोविन्द्र मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन बुटवलका उपाध्यक्ष मित्रहरी आर्चाय, पत्रकारमहासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, भुवनसिंह विक लगायतले भनाई सहित शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो अबसरमा बिद्यार्थीले नाँचगान, चेतनामूलक नाटक देखाएका थिए भने विद्यार्थीले बनाएका बस्तुहरुको स्टल समेत प्रर्दशन गरिएको थियो ।