एकता सहकारीमा शेयर सदस्यलाई सहकारी शिक्षा तालिम

77

एकता सहकारीमा शेयर सदस्यलाई सहकारी शिक्षा तालिम

बुटवलमा रहेको एकता वचत तथा ऋण सहकारी संस्थाले संस्थाका शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारी संस्थाले मंगलबार बुटवलमा कार्यक्रमको आयोजना गरी संस्थाका नयाँ तथा पुराना शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको हो ।
तालिममा प्रशिक्षण गर्दै लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालय सहकारी दर्ता अधिकारीको कार्यालयका रजिष्टार भिमप्रसाद तिवारीले कतिपय सहकारीका सञ्चालकहरुको गलत बुझाईका कारण यसको वास्तविक रुप नै विग्रिन थालेको बताउनु भयो ।
उहाँले सहकारीमा अनुशासन र पारदर्शीता अपरिहार्य रहेको बताउँदै विधि र पद्धतीमा रहेका काम गरेका सहकारीमा कुनै प्रकारको समस्या नदेखिएको पनि बताउनु भयो । उहाँले अहिले दिनदिनै सहकारीका अनियमितता सम्बन्धि उजुरी आउन थालेको बताउँदै त्यस्ता समस्या अनउन नदिनेगरी काम गर्न पनि सहकारीहरुलाई आग्रह गर्नुभयो ।
संस्थाकी अध्यक्ष सावित्रा टण्डनले सहकारीका शेयर सदस्यहरुलाई सहकारी सम्बन्धि तालिम प्रदान गरेर सहकारीलाई पारदर्शी बनाउन र शेयर सदस्यहरुमा जागरुकता ल्याउनका लागि समय समयमा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो ।

संस्थाका उपाध्यक्ष लोकहरी पाण्डेको स्वागत तथा शिक्षा समितिकी संयोजक तारा गौतमको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक नारायण सुवेदीले सहकारीका समग्र गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको सचिव विष्णुप्रसाद पौडेलले बताउनु भयो ।
२०५४ सालमा स्थापना भएको उक्त सहकारीमा हाल २ हजार ६४ शेयर सदस्य छन् भने तालिम कार्यक्रममा करिव ३ सय जना सहभागि रहेको पनि सचिव पौडेलले बताउनु भयो ।