डान्सिङ् आईडियललाई अन्नपूर्णमा सम्मान

505

डान्सिङ् आईडियललाई अन्नपूर्णमा सम्मान

20160107_161359बुटवल । अन्नपूर्ण मोडल कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छात्रा पुजा गहतराज रुपन्देही व्यापार संघले सञ्चालन गरेको लुम्बिनी एक्स्पो अन्तरगत न्यू होल्याण्ड डान्सीङ् आईडियल हुन सफल भएकोमा कलेजले छात्रा गहतराजलाई सम्मान गरेको छ ।
कलेजले बिहिबार एक कार्यक्रमको आयोजना गरी छात्रा गहतराजलाई सम्मान गरेको हो । छात्रा गहतराजले नृत्य क्षेत्रमा आईडियल बनेर कलेजको समेत गरिमा बढाएको भन्दै सम्मान गरेको हो ।
कार्यक्रममा क्लेजका संस्थापक क्याम्पस प्रमुख प्रा. डा. शिवलाल भुसाल, त्रिभुवन विश्वबिद्यालयका पूर्व सहनियन्त्रक प्रा. डा. नारायण वेलवासे, निमित्त क्याम्पस प्रमुख केशव श्रीसले छात्रा गहतराजलाई कदर पत्र सहित खादा ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा नृत्य आईडियल छात्रा गहतराजले प्रतिभा प्रस्तुत गर्दै कलेजको नाम उच्च राख्नकालागि आफूले सधै लागिरहने बताउनु भयो ।