राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीले तिलाेत्तमाकाे सरस्वती आधारभूत विद्यालयमा पेन्टिङ गरी विद्यालयलाई हस्तान्तरण गरेकाे छ ।
क्लवकाे सिग्नेचर प्राेजेक्ट स्कुल पेन्टिङ कार्यक्रम अन्तरगत तिलाेत्तमा नगरपालिका वडा नं. १४ मंगलपुरमा रहेकाे सरस्वती आधारभूत विद्यालयमा रंगराेगन गरिएकाे हाे ।
क्लवले प्रत्येक वर्ष हाेलीमा आर्थिक रुपमा कमजाेर सामुदायिक विद्यालयमा पेन्टिङ गर्दै आएकाे क्लवका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी गराउनु भयाे । उहाँका अनुसार क्लवले अहिलेसम्म १२ वटा विद्यालयमा पेन्टिङ गरिसकेकाे छ ।
कार्यक्रममा बाेल्दै तिलाेत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले विकासकाे लागि सबैभन्दा महत्वपूर्ण कुरा शिक्षा भएकाे र शैक्षिक गुणस्तर सुधारकाे लागि नगरपालिकाले काम गरिरहेकाे बताउनु भयाे । उहाँले सामुदायिक विद्यालयमा विद्यार्थीकाे आकर्षण बढाउनकाे विभिन्न प्रकनरका कार्यक्रम गरिरहेकाे बताउनु भयाे । राेटरीकाे विद्यालय पेन्टिङ कार्यक्रमले पनि विद्यालयकाे गुणस्तर सुधारमा याेगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयाे ।
राेटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का ईन्कमिङ डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले क्लवले प्रत्येक वर्ष गर्दै आएकाे विद्यालय पेन्टिङ कार्यक्रम अरु क्लवका लागि पनि उदाहरणीय भएकाे बताउनु भयाे । उहाँले शैक्षिक गुणस्तर सुधारकाे लागि अरु धेरै कार्यक्रममा नगरपालिकासंग सहकार्य गर्न सकिने भनाई राख्नुभयाे ।
विद्यालयकी प्रधानाध्यापक कमला गाैतमले विद्यालयमा अध्ययन गर्ने ९९ प्रतिशत वालबालिका केवट, यादव लगायतका मधेशी समुदायका रहेकाे बताउनु भयाे । विद्यालय रंगराेगन गरिदिएकाेमा क्लवलाई धन्यवाद सहित आभार व्यक्त गर्नुभयाे ।
कार्यक्ममा क्लवका एसाइन एजी राजु खरेलले क्लवले सिग्नेचर प्राेजेक्ट विद्यालय रंगराेगन सहित अटिजम लगायतका राम्रा काममा अग्रसर रहेकाे भनाई राख्नुभयाे । त्यस अवसरमा क्लवका पूर्व अध्यक्षहरु कृष्णप्रसाद शर्मा, खिमानन्द भुसाल, सचिव शंकर पाण्डे लगायतले भनाई राख्नुभएकाे थियाे ।