२२औं संस्करणकाे तिलाेत्तमा गाेल्ड कप चैतमा हुने

1.3K

२२औं संस्करणकाे तिलाेत्तमा गाेल्ड कप चैतमा हुने

राेकिएकाे तिलाेत्तमा गाेल्ड कप फूटवल चैतमा हुने भएकाे छ । नेपालकै प्रतिष्ठत तिलाेत्तमा गाेल्ड कप फूटवल प्रतियाेगिताकाे २२ औं सस्करण यहि चैतकाे ४ गतेदेखि गर्न लागिएकाे आयाेजक रुपन्देही जिल्ला फूटवल संघले जनाएकाे छ ।
२१औं संस्करणकाे प्रतियाेगिता २०७५ मा भएकाे थियाे । त्यसयता काेराेना लगायतका कारणले उक्त प्रथियाेगिता हुन सकेकाे थिएन । जिल्ला फूटवल संघले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर यहि चैतकाे ४ गतेदेखि ११ गतेसम्म प्रतियाेगिता गर्न लागेकाे जानकारी गराएकाे हाे ।
प्रतियाेगितामा नेपाल पुलिस, एपीएफ, मनाङ मर्स्याङदी, रुपन्देही-११, थ्री स्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब र सुदूर पश्चिम-११ ले प्रतिस्पर्धा गर्ने रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी गराउनु भयाे ।
उहाँका अनुसार प्रतियाेगिताका बिजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ  र उपबिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै सर्वाेत्कृष्ट खेदाडिलाई १ लाख रुपैंया र पाँचवटा विधामा उत्कृष्ट खेलाडिलाई जनही ३० हजार रुपैया नगद पुरस्कार प्रदान गरिने छ ।