ओलीको रवैयाले नाकावन्दी हट्दैन ः खड्का

334

ओलीको रवैयाले नाकावन्दी हट्दैन ः खड्का

भैरहवा, पुस । सरकारका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री पुर्णबहादुर खड्काले प्रधानमन्त्री केपी ओलीको रवैयाले मधेस आन्दोलन र नाकाबन्दी हट्न नसक्ने बताउनु भएको छ ।
नेपाली काँग्रेस रुपन्देहीले बिहिबार भैरहवामा आयोजित नयाँ संविधानको सन्दर्भ सामाग्री एवं सरकार गठन, मधेस आन्दोलन र नाकावन्दी सम्वन्धी छलफल कार्यक्रममा पूर्वमन्त्री खड्काले भन्नुभयो–‘राष्ट्रघाती महाकाली सन्धी पास गरेका र आफनै पार्टी फूटाउने ओलीले मधेस र देशको समस्या समाधान गर्दैनन ।’
नेता खड्काले प्रधानमन्त्री आलीको रवैया र कार्यशैलीका कारण सरकारलाई विशवास गर्न अफ्ठेरो परेको बताउनु भयो । त्यसैले काँग्रेसको अगुवाईमा संविधान संशोधन विधेयक पास भएसंगै मधेस आन्दोलन रोकिने र विरगंजको नाकावन्दी पनि खुल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ संविधानले दिएको अधिकारका बारे जानकारी दिदै गाउ वस्तीवस्तीमा प्रचार–प्रसार गर्न र पु¥याउनका लागि उक्त संविधानको किताब जिल्ला सभापति एवं सभासद अव्दुल रज्जाकलाई हस्तान्तरण समेत गर्नुभयो ।
नयाँ संविधानले मधेसी, मुस्लीम, दलित, अल्पसंख्यक, जनजाती, थारु, महिला सवै वर्ग र क्षेत्रको अधिकार व्यवस्था गरेको र विश्वमा सवैभन्दा वढी मौलिक हक अधिकार नयाँ संविधानले दिएको जानकारी गराउँदै उहाँले हिमाली क्षेत्रमा बाहेक अन्यत्र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिने कुरामा दलहरुबीच सहमती बनेको खुलासा गर्नुभयो । संघीयताको विवाद पनि सहमतीको आधारमा टुङ्याउन दलका शिर्ष नेताहरुबीच गंभिर ढंगले छलफल चलिरहेको बताउनु भयो । उहाँले आफू मन्त्री बन्नका लागि चुनाव नलड्ने दोहो¥याउँदै उहाँले भन्नुभयो–‘नयाँ संविधान कार्यान्वयन गराउन र काँग्रेसका सवै कार्यकर्तालाई देश विकासको अभियानमा रुपान्तरण गर्नपटि लाग्नेछु ।’
आसन्न १३ औं महाधिवेशनबाट नेपाली काग्रेस पार्टीलाई रुपान्तरण गर्न जरुरी रहेको बताउँदै उहाँले पार्टीमा ६०÷४० को भागभण्डा तोड्न जरुरी रहेको बताउनु भयो । एक ढिक्का भएर वडादेखि केन्द्रसम्म सक्षम इमानदार कार्यकर्ता एवं नेता छनोट गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
पार्टी सभापति अव्दुल रजाकको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव रामकृष्ण खाँणले गर्नुभएको थियो । कार्यक्रममा लोकतान्त्रिक आन्दोलनका पूराना पाका नेताहरुलगायत जिल्ला, क्षेत्र, ईलाका, नगर एवं गाउ समितिका नेता तथा कार्यकर्ता सहभागि थिए ।