स्थापना दिवसमा रक्तदान

53

स्थापना दिवसमा रक्तदान

लायन्स क्लव अफ बुटवलको स्थापना दिवसमा रक्तदान कार्यक्रम गरिएको छ । क्लवको स्थापना दिवसको अवसरमा लायनेश क्लव अफ बुटवल, लियो क्लव अफ बुटवल र होटल द फ्लेमिङ्गो समेतको सहकार्यमा आईतबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १०५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रदिप शाक्यले जानकारी गराउनु भयो । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै लायन्स डिष्ट्रिक गभर्नर नवराज न्यौपाने रगतको सेवालाई सहज बनाउनको लागि लायन्स क्लवले छुट्टै रक्तसञ्चार सेवा केन्द्र सञ्चालनको तयारी गरिरहेको बताउनु भयो । उहाँले रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु पर्ने परिस्थिती हुन नदिनको लागि सबैको योगदान र सहकार्य आवश्यक रहेको पनि भनाई राख्नुभयो ।

कार्यक्रममा फष्ट भाईस डिष्ट्रक गभर्नर अर्जुनमान सैंजु, सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, क्लवका प्रमुख सल्लाहकार तथा संस्थापक सचिन जीवन वझा लगायतले भनाई राख्नु भएको थियो । रगतको अभावमा कसैले पनि जीवन गुमाउनु नपरोस भन्ने उद्देश्यले स्थापना दिवसमा रक्तदान कार्यक्रम गरिएको क्लवका अध्यक्ष महेश श्रेष्ठले बताउनु भयो । उहाँले २०२२÷०२३ भित्र प्रयोगशाला सेवा सञ्चालनको तयारी भईरहेको पनि जानकारी गराउनु भयो । क्लवले यो वर्ष मात्रै अहिलेसम्म १३० वटा भन्दा बढी कार्यक्रम गरिएको र लायन्स डाईविटिज (मधुमेह) प्रोग्राम अन्तरगत १५ हजार जना बढीको डाईविटिज स्क्रिनिङ् गरिएको र ५ सय जनालाई निःशुल्क विशेषज्ञ परामर्श सेवा प्रदान गरिएको उहाँले जानकारी गराउनु भयो ।
क्लवले यो वर्ष लायन्स डाईविटिज प्रोग्राम सञ्चालन गरेको छ । जस अन्तरगत प्रत्येक शनिबार डाईविटिज (मधुमेह) परीक्षण, प्रत्येक महिनाको दोस्रो शनिबार परामर्श सेवा प्रदान गर्दैै आएको क्लवका सचिव बासुदेव श्रेष्ठले बताउनु भयो ।